नेपाली कारागारमा बनेका मुढा अष्ट्रेलियामा किन्न पाइने ! | Khabarhub Khabarhub

नेपाली कारागारमा बनेका मुढा अष्ट्रेलियामा किन्न पाइने !


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– नेपालका कारागारमा बनेका बाँसका मुढा अष्ट्रेलियामा बेचिने भएका छन् । नेपाली कारागारमा कैदीहरुले बनाएको बाँसको मुढाले अष्ट्रेलियाको बजार पाएको हो । अष्ट्रेलियास्थित कथा प्राइभेट लिमिटेडले नेपाली कारागारमा बनेका मुढालाई अष्ट्रेलियाको बजारमा ल्याएको हो ।

शनिवार अष्ट्रेलियामा कथा प्राइभेट लिमिटेडले पत्रकार सम्मेलन गरी मुढालाई अष्ट्रलियाको बजारमा बजारीकरण गरेको जनाएको छ ।

सिड्नी शहरमा आयोजित पत्रकार सम्मेलनमा कथा प्राइभेट लिमिटेडका निर्देशक अरुण ढकालले शुरुको चरणमा नेपालबाट २५ वटा मुढाहरु आयात गरिएको जनाए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेलले नेपालमा बनेका समानको अष्ट्रेलियामा बजारीकरण हुनु राम्रो भएको भन्दै यसले नेपालमा रोजगारी सिर्जना गर्न मद्दत हुने समेत जनाए ।

नेपालबाट वैधानिक प्रक्रियाबाट आयातित मुढाहरु अष्ट्रेलियाको क्वारेन्टाईनबाट समेत परीक्षण गरिएको बताइएको छ । बाँस, पुराना टायर, प्लाष्टिकका डोरी लगायतका समान प्रयोग गरी उत्पादिन मुढाहरु गुणस्तरीय, टिकाऊ र आकर्षक तथा वातावरणमैत्री रहेको कथा प्राइभेट लिमिटेडको दाबी छ ।

ठूला, मध्यम र साना गरेर विभिन्न ३ वटा साईजमा उपलब्ध मुढाहरु कथाको वेभसाईट तथा मिन्टो स्थित नमस्ते मिन्टो ग्रोसरीबाट हाल उपलब्ध हुनेछन् ।

भविष्यमा विभिन्न नेपाली व्यापार व्यवसाय, कार्यक्रम, रेष्टुरेन्ट तथा क्याफेहरुसँग सहकार्य गरी नेपाली समानलाई थप प्रवद्र्धन र विस्तार गर्ने योजना भएको कथाले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ६ : ५७ बजे

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण

पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

चितवन – पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

देवघाटमा मलामी गएका युवा नदीमा बेपत्ता

चितवन – मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन्