पूर्ण रुपमा लकडाउनको पालना गर्न सभामुखको अपिल « Khabarhub

पूर्ण रुपमा लकडाउनको पालना गर्न सभामुखको अपिल


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरसको संक्रमण भयावह हुन नदिन विकल्पहीन रहेको लकडाउनको पालना गर्न अपिल गरेका छन् ।

सभामुख सापकोटाले आज (सोमबार) एक प्रेस विज्ञपती जारी गर्दै घरभित्र बस्न, जमघट नगर्न, अत्यावश्यक कामका लागि बाहिर निस्कन परे सुरक्षाका उपाय अपनाउन अपिल गरेका हुन् ।

उनीद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘सरकारका तर्फबाट रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न प्रयास भइरहेका छन् । अत्यावश्यक स्वास्थ्य सामग्रीको प्रबन्ध भइरहेको छ । विभिन्न मित्रराष्ट्रले सहयोग गरिरहेका छन् । देशभित्रका व्यवसायिक प्रतिष्ठानले संस्थागत एवं व्यक्तिगत स्तरमा तथा देशबाहिर रहेको नेपाली समुदायले पनि स्वास्थ्य सामग्री उपलब्ध गराउन थाल्नुभएको छ । म यो कार्यको सह्रान गर्दै थप सहयोग परिचालनको आह्वान पनि गर्छु ।’

प्रतिनिधिसभाले कोरोनाविरुद्ध संकल्प प्रस्ताव पारित गरेको उल्लेख गर्दै सभामुख सापकोटाले थप पहलकदमीका लागि समेत संघीय संसद तयार रहेको बताएका छन् । उनले भनेका छन्, ‘प्रतिनिधि सभाको २०७६ साल फागुन २३ गतेको बैठकले कोरोनाविरुद्ध राष्ट्रिय संकल्पका साथ अगाढि बढ्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गरेको विदितै छ । थप पहलकदमीका लागि संघीय संसद सदैब तयार छ ।’

सरकारले आर्थिक राहत तथा सहुलियतका कार्यक्रम अघि सारेको र त्यसको कार्यान्वयनमा सबैको साथ आवश्यक रहेको उनको भनाइ छ । विज्ञप्तीमा भनिएको छ, ‘ दैनिक ज्यालामा निर्भर तथा न्यून आय भएका नागरिकका लागि राहतको उचित प्रबन्ध गर्न जरुरी देखिन्छ ।’

सभामुख सापकोटाले महामारी लामो समय नरहने विश्वास व्यक्त गर्दै आत्मअनुशासन कायम गर्न समेत आह्वान गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ५ : ४८ बजे

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा

सुकुम्वासी बस्तीमा डोजरले भत्काएको मानवीय संवेदना

काठमाडौं- काठमाडौँको थापाथलीस्थित बागमती किनार लगायत खोला किनार छेउका सुकुम्वासी

पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

म्याग्दी– यहाँको धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको

नेकपाको महाधिवेशन आगामी मङ्सिर ११-१५ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं– काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका