अमेरिका- अमेरिकामा कोरोना भाइरस संक्रमित एक नेपाली निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि अस्पतालमा भर्ना भएका उनी निको भएर आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
झण्डै एक साताको उपचारपछि भिडियोग्राफर शम्भु मोक्तान डिस्चार्ज भएका हुन् ।
मोक्तानले फेसबुक स्टाटसमा आफु जोखिम मुक्त भएको बताएका छन् । उनले आफ्नो स्वास्थ लाभ गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् । साथै मोक्तानले आफ्ना अनुभवहरु अब अन्यलाई पनि शेयर गर्ने पनि जनाएका छन् ।
यस अघि उनले अस्पतालको शय्याबाट आफू कोरोना संक्रमित भएको खुलासा गर्दै अन्यलाई पनि रोग नलुकाउन र सतर्क रहन अपिल गरेका थिए ।
यो पनि पढौं
अमेरिकामा कोरोना संक्रमित मोक्तानले अस्पतालबाटै भने : ‘घरभित्रै बस्नुहोस्, दूरी कायम गर्नुहोस्’
प्रतिक्रिया