सिप्यान अवार्डको पुरस्कार रकम 'कोरोना राहत कोष'मा जम्मा गरिने | Khabarhub Khabarhub

सिप्यान अवार्डको पुरस्कार रकम ‘कोरोना राहत कोष’मा जम्मा गरिने


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल (सीप्यान) ले आयोजना गर्ने सीप्यान क्रिकेट अवार्डको पुरस्कार रकम कोरोना राहत कोषलाई दिने निर्णय गरेको छ ।

सीप्यानले यस वर्षको अवार्डमा लागि लाग्ने सबै खर्च कोरोना राहतकोषमा दिने निर्णय गरको जानकारी दिएको हो ।

अवार्डका लागि मुख्य पाँच विधामा ४ लाख ६२ हजार रुपैयाँ बराबरको पुरस्कार रकम वितरण गर्ने तयारी गरेको थियो ।

कोरोनाका कारण स्थगित भएको अवार्ड कार्यक्रमको उक्त रकम सरकारी राहत कोषमा जम्मा गर्दै यो वर्ष अवार्ड प्रदान नगर्ने निर्णय विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

‘अहिलेको विषम परिस्थितिमा हामी सम्पूर्ण क्रिकेट खेलाडीहरु पनि संकटको रुपमा देखा परेको कोभिड १९ विरुद्वको राष्ट्रिय अभियानमा मुलुकलाई सहयोग गर्न प्रतिबद्व छौ,’ सीप्यानका अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

दोस्रो संस्करणको सीप्यान क्रिकेट अवार्ड चैत २१ गते हुने तय थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १० : ३० बजे

सयपत्री फूल बिक्री भएपछि किसान खुसी

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लेश्वाराबाट एकैदिन चार सय ६८

तिहार : प्रकृति, प्रेम र प्रकाशको दिव्य संगम

हिन्दुको महान चाड तिहार घरदैलोमा टेकिसकेको छ। प्रकृति, प्रेम र

गोरू तिहार, गोवर्धन र म्ह पूजाको महिमा

काठमाडौं – गोवर्धन पूजा, गोरू तिहार र म्ह पूजा तिहारको

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको