श्रीमतीलाई ढाटेर प्रेमिका भेट्न जादाँ कोरोना संक्रमित भएपछि… « Khabarhub

श्रीमतीलाई ढाटेर प्रेमिका भेट्न जादाँ कोरोना संक्रमित भएपछि…


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

आजकल प्रायः मानिस बोलीचालीका क्रममा केहि न केहि झुट बोल्ने गर्दछन् । यस्ता झुटले सामान्य जीवनमा कुनै ठुलो असर नपारे पनि यसको लत भने बस्न जान्छ ।

जसका कारण मानिसले अरुको विश्वास पाउन झुटको सहरा लिने गर्दछन् । तर एक मानिसका लागी भने उनले बोलेको झुट निकै महंगो साबित भएको छ ।

विश्वभर कोरोना भाइरसको महामारी फैलिएका बेला एक ब्यक्तिलाई झुट बोलेर गर्लफ्रेण्ड भेट्न जादाँ उनी स्वयम् संक्रमित भएका छन् ।

बेलायतका एक व्यापारीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि उनी निकै तनावमा छन् । तर उनको तनाव भने कोरोनाको संक्रमण भने होइन, उनले बोलेको झुट हो ।

४० बर्षीय बेलायती एक ब्यापारी व्यापारिक भ्रमणमा जाने भन्दै आफ्नी श्रीमतीलाई ढाँटेर प्रेमिका भेट्न पुगे । बेलायतमा नै घुम्छु भनेर निस्किएका उनी प्रेमिका भेट्न इटाली पुगे ।

यसरी उनले आफ्नी श्रीमतीलाई झुक्याउन त सके तर इटलीमा फैलिएको कोरोना संक्रमण भने बोकेर उनी बेलायत आए । जसका कारण घर फर्किए लगत्तै ती ब्यापारीमा कोरोनाको लक्षण देखिएको छ ।

हालसम्म उनले आफ्नी श्रीमतीलाई आफुलाई बेलायतमै कोरोना संक्रमण भएको बताएका छन् । तर चिकित्सक माझमा भने उनले इटालीको भ्रमणबारे सुनाएका थिए ।

उनले श्रीमतीलाई ढाँटेर प्रेमिका भेट्न इटाली गएको त सुनाए । तर चिकित्सकले भने यस कुराको गोप्यता राखेनन्, उनीहरुले ती ब्यापारीको पोल पत्रकार माझ खोलिदिए ।

हुनत अहिलेसम्म चिकित्सकबाहेक उनकी श्रीमतीलाई श्रीमान् संक्रमित भएका बारेमा इटालीको भ्रमण र उनकी प्रेमिकाको हात छ भन्ने थाहा छैन ।

तर जुन दिन उनले थाहा पाउलिन् त्यो दिन भने के होला ? स्रोत न्यूजट्रयाक

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ७ : २२ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान