कोरोना भाइरसको लक्षण र बच्ने उपाय « Khabarhub

कोरोना भाइरसको लक्षण र बच्ने उपाय


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसले सबैलाई त्रसित बनाएको छ ।

नेपालमा समेत हालसम्म ५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जसका कारण सरकारले देश लकडाउन गरेको छ । तर पनि मानिसहरु सरकारले जारी गरेको लकडाउनको उल्लघंन गर्न भने छाडेका छैनन् । यसबाट सर्तक हुन र बच्न आवश्यक हुन्छ ।

के हो कोरोना भाइरस ?

कोरोना भाइरस विषाणु परिवारको एक हिस्सा हो । यो भाइरस ऊँट, बिरालो र चमेरो सहित कैयौं पशुमा प्रवेश गरिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस सी फूडसंग सम्बन्धित छ । अहिलेसम्म यस भाइरसबाट बच्न कुनै प्रकारको औषधि वा भ्याक्सिन बनेको छैन ।

कोरोनाको लक्षणहरु के के हुन् ?

कोरोना भाइरसको संक्रमण भएपछि मानिसमा १ सय दशमलव ४ डिग्री फरेनहाइट ज्वरो आउने, सुख्खा खोकि लाग्ने, घाटि दुख्ने वा चिलाउने, साँस फेर्न ग्राहो हुने, रुघा लाग्ने लगायतको लक्षण देखिन्छ ।

यो समस्या बिस्तारै निमोनियामा बदलिन्छ र किड्नीमा समेत समस्या देखा पर्न थाल्दछ । कोरोनाको संक्रमणबाट विशेषतः फोक्सोमा गम्भीर समस्या हुने गर्दछ ।

कोरोनाको संक्रमण हुनबाट बच्ने उपायहरु

१. लकडाउनका अवधीमा अनिवार्य घरभित्र बस्नुहोस् ।
२. मानिसबाट मानिसमा सहजै सर्ने भएकाले कोरोनाको प्रसार रोक्न सामाजिक दूरी बनाउनुहोस् ।
३. पटक पटक साबुन पानीले हात धुनुहोस् ।
४. अल्कोहल युक्त हैण्ड सैनिटाइजरबाट हात सफा गर्नुहोस् ।
५. खोक्दा, हाच्छ्यु गर्दा आफ्नो नाक मुख पाखुराले वा टिस्युले छोप्नुहोस् ।
६. रुघाखोकी लागेका मानिसबाट दूरी बनाउनुहोस् ।
७. रोग प्रतिरोधात्मक शक्ति बढाउने पोषक खानेकुरा खानुहोस् ।
८. माछामासु वा अण्डा मज्जाले पकाएर मात्र खानुहोस् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ७ : ३० बजे

नाटो शिखर सम्मेलनअघि किएभमा रुसी मिसाइल आक्रमण, आठ जनाको मृत्यु

किएभ– टर्कीमा मङ्गलबारदेखि सुरु हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार

पार्टीको नीति एकातिर, प्रधानमन्त्री बालेन्द्रको कार्यशैली अर्कातिर : बलावती शर्मा 

काठमाडौं– सरकारले १०० दिन परिणाममुखी काम गरेको दाबी गरिरहँदा प्रतिपक्षहरू

धुलिखेल-खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने 

काभ्रेपलाञ्चोक– बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा

कुवा संरक्षण चारकुनेवासी

तनहुँ– व्यास नगरपालिका–१ स्थित चारकुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण

कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’

मान्म– विषादीले मानव स्वास्थ्य र कृषिमा गम्भीर चुनौती थपिएको भन्दै