कोरोना प्रभाव : आईपीएल तोकिएको मितिमा हुनेमा आशंका « Khabarhub

कोरोना प्रभाव : आईपीएल तोकिएको मितिमा हुनेमा आशंका


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला विश्व कोरोना भाइरस (कोभिड १९) को महामारीसँग जुधिहेको छ । यसले विश्वका ठूला कार्यक्रमदेखि खेल गतिविधि अनिश्चित काललाई स्थगित भएका छन् ।

यसैबीच इन्डियन प्रिमियर लिग (आईपीएल) पनि मार्च २८ देखि अप्रिल १५ सम्मका लागि स्थगित भइसकेको छ ।

तर, दोस्रो पटकका लागि तोकिएको मितिमा पनि आईपीएल हुने सम्भावना भने निकै कम रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

अहिलेसम्म बोर्ड अफ कन्ट्रोल फर क्रिकेटइन इन्डिया (बिसीसीआई) ले यसबारे कुनै प्रतिक्रिया दिएको छैन् । तोकिएकै समयमा सञ्चालन हुनसके उद्घाटनका लागि मात्रै १५–१६ दिन बाँकी छ ।

कोरोनाले विस्तारै भारतमा पनि प्रभाव जमाउँदै जाँदा बिसीसीआई मौन देखिएको छ । अहिलेसम्म भारतमा ३२ जनाले ज्यान गुमाइसकेका छन् भने १२ हजारभन्दा बढी संक्रमीत भेटीएका छन् ।

भारत सरकारले अहिले २१ दिनका लागि लकडाउन गरेको छ । यस्तोमा कुनै पनि गतिविधि गर्न सम्भव छैन ।

फेरि पनि लकडाउनको समय थप भएयसले आईपीएलको यो सिजन सुचारु गर्न कठिन हुने क्रिकेट जानकारहरु बताउँदै आएका छन् ।

दुई साताको समयमात्रै बाँकी हुँदा अहिलेसम्म कुनै बैठक नबसेको उल्लेख गर्दै हिन्दुस्तान टाइम्सले आईपीएल हुने नहुने बारे अन्योलता रहेको बताएको छ ।

आईपीएलमा ठूलो संख्यामा विदेशी खेलाडीको पनि सहभागिता रहन्छ । आईपीएल टोली चेन्नाई सुपर किङ्सका कार्यकारी निर्देशकले लकडाउन सकिएपछि के कसरी हुन्छ भन्ने जानकारी गराउने बताएका छन् ।

बिसीसीआईका अध्यक्ष सौरभ गांगुलीले आईपीएल सार्ने निर्णय भएपछि यसमा कुनै पनि नयाँ निर्णय नभएको उल्लेख गर्दै परिस्थिती अनुसार अगाडि बढ्ने बताएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ८ : २३ बजे

बागलुङमा धान उत्पादन बढ्यो

बागलुङ– यस वर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

यस्तो रहने छ आजको मौसम

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सार्कको ४०औँ वार्षिकोत्सव मनाइयो 

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को बडापत्रमा हस्ताक्षर गरेको

च्याम्पियन्स लिग : एटलान्टासँग चेल्सी पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित