कोरोना भाइरसले सार्क राष्ट्रमा ७२ जनाको मृत्यु, ३४ सय १८ संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरसले सार्क राष्ट्रमा ७२ जनाको मृत्यु, ३४ सय १८ संक्रमित

मृतक भारतमा बढी, संक्रमित पाकिस्तानमा धेरै


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा ७२ जनाको मृत्यु भएको छ भने ३४ सय १८ जना संक्रमित भएका छन्।

तीन साता अघिसम्म कोरोना भाइरसको संक्रमण नै नदेखिएका सार्क मुलुकमा २१ दिनको बीचमा ७२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सार्कका पनि भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका नागरिक छन् ।

भारतमा ४० को मृत्यु

दक्षिण एसियाली मुलुकहरुमा मृतकको संख्याका आधारमा सबै भन्दा बढी भारत प्रभावित भएको छ भने संक्रमितका आधारमा पाकिस्तानमा बढी असर देखिएको छ ।

भारतीय सञ्चारमाध्यहरुका अनुसार मंगलबार बिहानसम्म भारतमा कोरोना भाइरसका कारण ४० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ८ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ४० पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यस्तै थप ८३ जनामा संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुनेको संख्या १३ सय ३४ पुगेको छ ।  उपचारपछि १ सय ४० जना निको भएर घर फर्किएको भारतीय स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलदै गएपछि भारतले मार्च २५ तारिकदेखि तीन साताको लकडाउन गरेको छ ।

पाकिस्तानमा २१ को मृत्यु, १७ सय बढी संक्रमित

भारतपछि सबैभन्दा बढी पाकिस्तानमा कोरोना भाइरसबाट २१ जनाको मृत्यु भएको छ । सोमबार त्यहाँ ७ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ पुगेको हो ।

यस्तै थप १ सय २० जनामा नयाँ संक्रमण देखिएपछि १७ सय १७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

उपचारारत १६ सय २० जनामध्ये ११ जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोरोना भाइरसको कुनै नयाँ संक्रमण देखिएको छैन । पाकिस्तानमा संक्रमित हुनेको संख्या भने सार्क राष्ट्रकै सबैभन्दा बढी छ ।

कोरोनाको संक्रमण बढ्दै गएपछि पाकिस्तानले आन्तरिक हवाई उडान समेत बन्द गरिसकेको छ ।

बंगलादेशमा पनि बढ्दै संक्रमित

कोरोना भाइरसका कारण सार्क सदस्य राष्ट्रहरुमा सबैभन्दा बढी प्रभाव पार्ने मूलुकको तेस्रो नम्बर सूचिमा बंगलादेश छ ।

बंगलादेशमा मंगलबार बिहानसम्म ५ जनाको मृत्यु भएको छ भने ४९ जनामा संक्रमण देखिएको छ ।

१९ जना उपचारपछि ठीक भएर घर फर्किएका छन् । उपचार गराइरहेका एक जनाको अवस्था गम्भीर रहेको छ ।

यस्तै अफगानिस्तानमा कोरोना भाइरसको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने १ सय ७० जना संक्रमित देखिएका छन् ।

त्यहाँ ५० जना नयाँ संक्रमित देखएपछि कोरोनाको संक्रमण देखिएका मानिसको संख्या १ सय ७० पुगेको हो ।

यस्तै कोरोना भाइरसबाट श्रीलंकामा २ जनाको मृत्यु भएको छ । १ सय २२ जना मानिस संक्रमित भएका छन् ।

उपचार गराइरहेकाहरु मध्ये ५ जना सिकिस्त अवस्थामा रहेकाले मृतकको संख्या बढ्न सक्ने श्रीलंकाका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यस्तै माल्दिभ्समा १७ जनामा संक्रमण देखिएकोमा १३ जना उपचारपछि घर फर्किसकेका छन् । उपचारारत ४ जनाको अवस्था पनि सामान्य रहेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट ५ जना संक्रमित भएका छन् । त्यसमध्ये एक जना संक्रमण देखिएको केही दिनमै उपचारपछि ठीक भएर २ महिनाअघि नै घर फर्किएका छन् ।

सार्क राष्ट्रमा कोरोना भाइरसको सबैभन्दा कम असर परेको मुलुक भुटानमा अहिलेसम्म ४ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ११ : ४७ बजे

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि ऋणपत्र बिक्री गर्दै

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले आइतबार (आज)देखि दुई अर्ब ५० करोड

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

कास्की– कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको

इन्स्टाग्राममा रिल्स भाइरल नभएर चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं- पछिल्लो समय इन्स्टाग्राममा रिल्स बनाएर अपलोड गर्ने चलन बढ्दो

धेरै चिया पिउँदा हुनसक्छन् यस्ता समस्या, जोगिन के गर्ने ?

काठमाडौं- चिया नेपालीहरुको जीवनशैलीको अभिन्न हिस्सा हो । बिहान उठ्नेबित्तिकैदेखि

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, अराजकता फैलाए कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको