एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु « Khabarhub

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोहलपुर– बाँकेको कोहलपुर नगरपालिका–११ मा रहेको होटल अतिथि अगाडि एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार कालीकोटको नरहरिनाथ गाउँपालिकाकी २३ वर्षीया शोभा भट्ट रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१च ८२४ नंको एम्बुलेन्स र से५प ४८४ नंको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

मोटरसाइकल चालक नरहरिनाथ गाउँपालिकाका द्वन्द्वविक्रम विष्ट गम्भीर घाइते रहेको कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । एम्बुलेन्स चालक बारबर्दिया नगरपालिका–६ का रामबहादुर थारू भने सामान्य घाइते भएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै