ग्यास सकियो ? अब फोन गरेरै पाउनुस् ग्यास « Khabarhub

ग्यास सकियो ? अब फोन गरेरै पाउनुस् ग्यास


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस(कोभिड १९) संक्रमण फैलन सक्ने भन्दै सरकारले लकडाउन गरेको छ ।

लकडाउनका समयमा मानिसहरुलाई घर बाहिर ननिस्कन सरकारले अपिल गरेको छ भने बाहिर निस्कनेलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।

लकडाउनका कारण मानिसहरु दैनिक उपभोग्य सामाग्री, ग्यास लगायतका चिज सकिएर हैरान परेका छन् ।

केही समय यतादेखि बजारमा ग्यास लगायत विषय बस्तुको अभाव रहेको छ ।

लकडाउनका कारण समस्यामा परेका नागरिकलाई नेपाल आयल निगमले आज(मंगलबार) देखि घुम्ती सेवामार्फत खाना पकाउने ग्यास वितरण शुरु गरेको छ ।

ग्यास नपाएको भन्ने गुनासा आएकाले तोकिएको खुद्रा मूल्य लिई घुम्ती सेवामार्फत एलपी ग्यास बिक्री वितरण सुरु गरिएको निगमले जानकारी दिएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार साधारण उपभोक्तालाई १२ वर्गमा विभाजन गरी ग्यास वितरण थालिएको उनले बताए ।

त्यस्तैगरी अनाथालय, फरक क्षमता भएका अपांग, किरिया बसेको घर, बाल आश्रम, पुनर्उत्थान केन्द्र, कारागार, निःशुल्क भोजन गराउने निकाय, सरकारले तोकेको क्वारेन्टाइन र अत्यावश्यक काममा खटिएका मजदुर र कर्मचारी गरी १२ वर्गलाई प्राथमिकतामा राखी ग्यास वितरण गरिने निगमले जनाएको छ ।

अति आवश्यक पर्ने उपभोक्ताले फोनमा सम्पर्क गरेर ग्यास लिन सकिने निगमले जनाएको छ । तर यो सेवा अहिले भने रिङरोड सम्ममात्र लागू हुने ।

प्रवक्ता उपाध्यायले निगमले अस्पताल, वृद्धाश्रम, बिरामी र असहाय, अनाथालय, फरक क्षमता भएकालाई प्राथमिकता दिइने जानकारी दिए ।

आयन निगमका अनुयार यी नम्बरमा सम्पर्क गरेर ग्यास लिन सकिनेछ । सम्पर्क नम्बर : ९८५१२०१२६२, ९८५१०६७७२४, ९८४७९५३१६३,४२६४६००, ४२६३४८५,

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  २ : ३३ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल