चारै जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य, आइसोलेसनमा उपचार हुँदै | Khabarhub Khabarhub

चारै जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य, आइसोलेसनमा उपचार हुँदै


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमण पुष्टि भएपछि विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत ४ जना संक्रमितहरुको स्वास्थ्य अवस्था समास्य रहेको अस्पतालहरुले जनाएका छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत २ जना, सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार १ जना र बाग्लुङको धौवलागिरी अस्पताल उपचारत १ जना गरी ४ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालहरुले जनाकारी दिएका हुन् ।

टेकुस्थित शुक्रराज अस्पतालका निर्देशक डाक्टर सागर राग भण्डारीले आफ्नो अस्पतालको आइसोलनसमा उपचारत दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

शुक्रराज अस्पतालमा फ्रान्सबाट गत चैत ४ गते आएकी काठमाडौकी १९ बर्षिया युवती र गत चैत ६ गते यूएईबाट नेपाल आएका एक युवक कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचारत छन् ।

दुवैको जनाको दोस्रो परीक्षणको लागि स्वाव संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भइरहेको अस्पतालका निर्देशक डा भण्डारीले बताए ।

यसैगरी कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका दुवईबाट चैत ६ गते आएका ३४ बर्षिय संक्रमित युवाको अवस्था पनि सामान्य रहेको छ । अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले संक्रमितका नजिकका परिवार तथा उनले भेटेका मानिसहरु पनि निगरानीमा रहेको जानकारी दिए । संक्रमितलाई अहिले अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको डा जोशीले बताए ।

यसैगरी गत चैत ४ गते बेल्जियमबाट नेपाल आएकी वाग्लुङकी १९ बर्षिया युवतीको पनि स्वास्थ्य अवस्था सामान्य बन्दै गएको धौवलागिरी अस्पताल वाग्लुङका मेडिकल सुपरीटेन्डेट डा. शैलेन्द्र विके पोखरेल जानकारी दिए ।

ती युवतीसँगै पोखरा गएका र उनीसंग नजिक रहेका ९ जनाको स्वाव संकलन गरी परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइसकेको डा पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ५ : ०७ बजे

प्रधानमन्त्री तुर्कमेनिस्तान जाँदै, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १८ गतेदेखि २३

सिञ्जाका एक हजार ५०० घरको बिमा

जुम्ला– यहाँको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका करिब एक हजार ५४५ घरको

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

काठमाडौं – काठमाडौँको कोटेश्वरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

उद्यमीलाई प्रधानमन्त्रीले भने- हाम्रो देश हामीले नै बनाउने हो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान्

‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

पाटन– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन