रसुवागढी नाका नखोल्न सुझाव दिँदै स्थानीय सरकारले संघीय सरकारलाई लेख्यो पत्र « Khabarhub

रसुवागढी नाका नखोल्न सुझाव दिँदै स्थानीय सरकारले संघीय सरकारलाई लेख्यो पत्र

कोरोना नियन्त्रण नहुन्जेल नाका सञ्चालन हुन नदिने घोषणा


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीन तर्फको नाका खोल्ने संघीय सरकारको निर्णयलाई स्थानीय तहले अस्वीकार गरेको छ । कोरोना भाइरसको प्रभाव रहँदासम्म रसुवा गढी नाका खोल्न स्थानीय तहले अस्वीकार गरेको हो ।

अत्यावश्यक सामान आयात गर्न चीनतर्फका नाका खोल्ने संघीय सरकारको निर्णयलाई स्थानीय तहले अस्वीकार गर्दै निर्णय सच्याउन माग गरेको छ ।

गत बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको उच्चस्तरीय समन्वय समिति बैठकले आयात निर्यातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयले तयार पारेको प्रोटोकल अनुसार चीन तर्फका दुवै नाका सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, त्यो निर्णय सच्याउन रसुवाको गोसाइकुण्ड गाउँपालिकाले माग गरेको हो ।

गोसाइकुण्ड गाउँपालिकाले लेखेको पत्र

रसुवागढी नाका पर्ने वडाले जिल्ला प्रशासनको ध्यानाकर्षण गराउँदै पत्र लेखेर कोरोना नियन्त्रण नहुन्जेल नाका सञ्चालन हुन नदिने घोषणा गरेको छ । सो पत्रसँगै कोरोनाका कारण बन्द भएको नेपालचीन व्यापारिक नाका सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ ।

सरकारले गत शुक्रबारदेखि रसुवागढी र तातोपानी नाका सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । शुक्रबार भन्सार विभागका महानिर्देशक सुमन दाहालले रसुवागढी र तातोपानी नाका खुला भएको जानकारी दिएका थिए ।

मुलुक संघीय पद्दतीको शासन व्यवस्थामा भएपनि सीमा नाका परराष्ट्र नीति अन्तर्गत पर्ने संवेदनशील विषय भएकोले निर्णय गर्ने अधिकार संघीय सरकारलाई रहेको संवैधानिक व्यवस्था छ ।

सरकारले गत बुधबार शुक्रबारदेखि नेपाल चीन प्रमुख व्यापारिक नाका खोल्ने निर्णय गरेको भएपनि स्थानीय स्तरमा देखिएका समस्याले नाका संचालनमा आउन सकेको छैन ।

समन्वय समितिको निर्णय पछि स्वास्थ्य र कृषि मन्त्रालयले तयार पारेको स्वास्थ्यसम्बन्धी मापदण्डमा रहेर अत्यावश्यक सामान आयात निर्यात सुचारु गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भन्सारलाई अनुमति प्रदान गरेको थियो । कोरोनाका कारण चीनतर्फका रसुवागढी र तातोपानी दुवै नाका माघ १५ देखि औपचारिक रुपमा बन्द छन् ।

सरकारले यी दुवै नाका खोलेर अत्यावश्यक सामान नेपाल ल्याएर सर्वसुलभ बनाउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : ३९ बजे

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण