बिहान ८ बजेसम्म लकडाउन उल्लंघन गर्ने ११५८ जना पक्राउ « Khabarhub

बिहान ८ बजेसम्म लकडाउन उल्लंघन गर्ने ११५८ जना पक्राउ


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  विश्वभर महामारीका रुपमा फैलिकएको कोरोनाभाइरसको भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज नवौं दिन ।

काठमाडौं उपत्यका लगायत मुलुकका मुख्य शहर सुनसान छन् ।लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ ।

आज बिहान ८ बजेसम्म  लकडाउन उल्लंघन गर्ने १ हजार १ सय ५८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमा ९ सय ९० जना पुरुष र १ सय ६८ जना महिला रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी लकडाउनको उल्लंघन गर्ने १ सय ५३ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँनडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ ।

लकडाउनका कारण मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ८ : १८ बजे

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको