अस्ट्रेलियाका टेस्ट कप्तान पाइन भन्छन् – स्मिथ नेतृत्वका लागि तयार भए मेरो साथ छ « Khabarhub

अस्ट्रेलियाका टेस्ट कप्तान पाइन भन्छन् – स्मिथ नेतृत्वका लागि तयार भए मेरो साथ छ


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाका टेस्ट क्रिकेट कप्तान टिम पाइनले यसअघि टोलीको नेतृत्व गरिसकेका स्टेभ स्मिथलाई कप्तानी दिँदा आफ्नो समर्थन रहेको बताएका छन् ।

२ वर्ष कप्तानी गरेका स्मिथ बल टेम्पिरिङमा परेपछि १ वर्षको प्रतिबन्धमा परेका थिए । प्रतिन्धपछि बलियो फर्मसहित टोलीमा फर्किएका उनले टोलीको नेतृत्व गर्दा आफ्नो साथ रहेको बर्तमान कप्तान पाइनले बताएका छन् ।

स्मिथले २०१८ मा दक्षिण अफ्रिकाविरद्धको टेस्ट सिरिजमा बल टेम्पिरिङ गरेपछि प्रतिबन्धमा परेका थिए । ३६ वर्षीय पाइनले कुनै खेलाडीसँग कप्तानीको बारेमा छलफल नभएको बताएका छन् ।

तर, स्मिथ तयार भए आफुसाथ दिने बताएका छन् । ‘मैले यो विषयमा स्मिथसँग कुरा गरेको छैन । मेरो समय कम छ त्यसमा शंका छैन । मलाई लाग्छ उनले आईपीएल –इन्डियन प्रिमियर लिग) मा राजस्थान रोयल्स र दी हन्ड्रेडमा पनि कप्तानी गरिसकेका छन्,’ पाइनलाई उद्धत गर्दै आईसीसीले लेखेको छ, ‘यो यस्तो छ जुन उनलाई मन पर्छ । यदि स्मिथ यो निर्णयमा पुग्छन् भने त्यसमा मेरो पूर्ण साथ रहनेछ ।’

अबको पहिलो टेस्ट सिरिजका रुपमा अस्ट्रेलियाले बंगलादेशसँग खेल्नेछ । जुनमा हुनेतय भएको छ । पाइनले उक्त सिरिज अहिलेसम्म स्थगित र रद्ध हुने बारे कुनैनिर्णय भएको छैन् ।

कोरोना भाइरसले विश्वभ महामारी फैलाएपछि अहिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अधिकाशं प्रतियोगिताहरु अनिश्चितकालका लागि स्थगित गरेको छ ।

यदि कोरोना कै कारण बंगलादेश सिरिज रद्ध हुन गए अस्ट्रेलिया वल्ड टेस्ट च्याम्पियनसिपको अंक तालिकाको शीर्ष स्थानमा रहेको भारतलाई पछि पार्ने अवसरबाट चुक्नेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १० : ०२ बजे

बागलुङमा धान उत्पादन बढ्यो

बागलुङ– यस वर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

यस्तो रहने छ आजको मौसम

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सार्कको ४०औँ वार्षिकोत्सव मनाइयो 

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को बडापत्रमा हस्ताक्षर गरेको

च्याम्पियन्स लिग : एटलान्टासँग चेल्सी पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित