ट्रोल बनाएपछि ‘अनुराग’ हिरोइनले दिइन् यस्तो कडा जवाफ « Khabarhub

ट्रोल बनाएपछि ‘अनुराग’ हिरोइनले दिइन् यस्तो कडा जवाफ


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हलमा असफल साबित भएको फिल्म ‘अनुराग’ यतिबेला युट्युबमा रिलिज गरिएको छ । कोरोना भाइरसका कारण सरकारले नेपालमा लकडाउन गरेपछि युट्युबमा फिल्म रिलिजको बाढी आएको छ ।

‘अनुराग’ मा ऋषि धमला पत्नी एलिजा गौतम र समुद्र पण्डितको शीर्ष भूमिका छ । फिल्म प्रेमकथामा आधारित छ ।

युट्युबमा फिल्म हेरेका केही दर्शकले फिल्मलाई ट्रोल बनाउन थालेपछि कलाकार एलिजा गौतमले आक्रोश पोखेकी छिन् । उनले एक पेजलाई मानहानी गरेर मान्छे मार्न खोजेको आरोप लगाएकी छिन् ।

ट्रोल कलिउड नामक फेसबूक पेजले ‘जिन्दगीमा ठूलो गल्ती गर्नबाट जोगिएछु, अनुराग हलमा नहेरेर’ भन्दै एक मिम शेयर गरेको छ । उक्त पेजमा यस्तो चलचित्र बन्दा समग्र चलचित्र क्षेत्र नै बदनाम हुने लेखिएको छ ।

यसमा आपत्ति जनाउँदै एलिजाले साइबर क्राइममा उजुरी दिने धम्की समेत दिएकी छिन् ।

‘मेरो पहिलो प्रयास मेरो पहिलो फिल्म सानैदेखिको रहर हिरोइन बन्ने थियो, यतिखेर जुरेछ मलाई यो फिल्म गर्न, दोस्रो सन्तान मेरो छोरो जन्मेको ३ महिना बालखा छोरो मेरो मम्मीलाई हेर्न दिएर अनुराग बनाएँ, भगवानले मलाई यतिखेर जुराउनुभएछ,’ एलिजाले भावनात्मक नोट फेसबूकमा शेयर गरेकी छिन् ।

उनले अगाडि लेखेकी छिन्, ‘अमिताभ बच्चन, ऋषि कपूरजस्ता महानायकको फिल्म त ५ वटा फिल्म गर्दा बल्ल चल्छ भने हामी को हौं हामी ?’

एलिजाले एकपटक लड्यो भन्दैमा पेजमार्फत त्यसरी उडाउन नहुने बताएकी छिन् । उनले स्टाटसमा लेखेकी छिन्, ‘कलाकारको बेइज्जत गर्ने को हो तपाईं, कसले दियो तपाईंलाई अधिकार हँ ?’

उनको भनाइमा कतिले सहमति जनाएका छन् भने कतिले फिल्म नराम्रो बनाएपछि विरोधलाई सामान्य रुपमा लिन सक्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ३ : ०९ बजे

‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन– चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्नो उत्पादनको बिक्री

स्व. सुरेश मानन्धरलाई राष्ट्रिय झण्डासहित श्रद्धाञ्जली अर्पण गरियो

काठमाडौं– हृदयघातका कारण निधन भएका भाषा आयोगका सदस्य, साहित्यकार एवं

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर– यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्

बढ्दो हिंसाविरुद्ध काठमाडौंमा खबरदारी प्रदर्शन (तस्बिरहरू)

काठमाडौं–  दलित समूदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी

घाइते भएको हल्लाबीच सर्वोच्च नेता मोजताबा खामेनी सुरक्षित

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते