ट्रोल बनाएपछि ‘अनुराग’ हिरोइनले दिइन् यस्तो कडा जवाफ | Khabarhub Khabarhub

ट्रोल बनाएपछि ‘अनुराग’ हिरोइनले दिइन् यस्तो कडा जवाफ


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हलमा असफल साबित भएको फिल्म ‘अनुराग’ यतिबेला युट्युबमा रिलिज गरिएको छ । कोरोना भाइरसका कारण सरकारले नेपालमा लकडाउन गरेपछि युट्युबमा फिल्म रिलिजको बाढी आएको छ ।

‘अनुराग’ मा ऋषि धमला पत्नी एलिजा गौतम र समुद्र पण्डितको शीर्ष भूमिका छ । फिल्म प्रेमकथामा आधारित छ ।

युट्युबमा फिल्म हेरेका केही दर्शकले फिल्मलाई ट्रोल बनाउन थालेपछि कलाकार एलिजा गौतमले आक्रोश पोखेकी छिन् । उनले एक पेजलाई मानहानी गरेर मान्छे मार्न खोजेको आरोप लगाएकी छिन् ।

ट्रोल कलिउड नामक फेसबूक पेजले ‘जिन्दगीमा ठूलो गल्ती गर्नबाट जोगिएछु, अनुराग हलमा नहेरेर’ भन्दै एक मिम शेयर गरेको छ । उक्त पेजमा यस्तो चलचित्र बन्दा समग्र चलचित्र क्षेत्र नै बदनाम हुने लेखिएको छ ।

यसमा आपत्ति जनाउँदै एलिजाले साइबर क्राइममा उजुरी दिने धम्की समेत दिएकी छिन् ।

‘मेरो पहिलो प्रयास मेरो पहिलो फिल्म सानैदेखिको रहर हिरोइन बन्ने थियो, यतिखेर जुरेछ मलाई यो फिल्म गर्न, दोस्रो सन्तान मेरो छोरो जन्मेको ३ महिना बालखा छोरो मेरो मम्मीलाई हेर्न दिएर अनुराग बनाएँ, भगवानले मलाई यतिखेर जुराउनुभएछ,’ एलिजाले भावनात्मक नोट फेसबूकमा शेयर गरेकी छिन् ।

उनले अगाडि लेखेकी छिन्, ‘अमिताभ बच्चन, ऋषि कपूरजस्ता महानायकको फिल्म त ५ वटा फिल्म गर्दा बल्ल चल्छ भने हामी को हौं हामी ?’

एलिजाले एकपटक लड्यो भन्दैमा पेजमार्फत त्यसरी उडाउन नहुने बताएकी छिन् । उनले स्टाटसमा लेखेकी छिन्, ‘कलाकारको बेइज्जत गर्ने को हो तपाईं, कसले दियो तपाईंलाई अधिकार हँ ?’

उनको भनाइमा कतिले सहमति जनाएका छन् भने कतिले फिल्म नराम्रो बनाएपछि विरोधलाई सामान्य रुपमा लिन सक्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ३ : ०९ बजे

शिक्षक महासंघसँगको नौ बुँदे सहमति मन्त्रिपरिषद्बाट अनुमोदन

काठमाडौं – मन्त्रिपरिषद् बैठकले शिक्षकसँग भएको सहमति अनुमोदन गरेको छ

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको

ओलीसँग माधव नेपालका १३ माग, पूरा नभए आन्दोलन गर्ने

काठमाडौं– पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा सिनियर

आन्दोलनरत शिक्षक र सरकारबीच नौ बुँदे सहमति

काठमाडौं । सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको

कांग्रेसको महाधिवेशन एक वर्षभित्र हुन्छ : सहमहामन्त्री परियार

चितवन– नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले महाधिवेशन एक वर्षभित्र हुने