लकडाउनका कारण प्रभावित दैनिक ज्यालादारीलाई खाद्य सामग्री वितरण « Khabarhub

लकडाउनका कारण प्रभावित दैनिक ज्यालादारीलाई खाद्य सामग्री वितरण


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस(कोभि- १९) संक्रमणको जोखिमलाई ध्यान दिँदै सरकारले गरेको लकडाउनका कारण प्रभावित दैनिक ज्यालादारी र आश्रित परिवारलाई सहयोग गरिएको छ ।

काठमाडौको कागेश्वरी मनहरा नगरपालिक- ९ मा बसोबास गरि दैनिक ज्याला मजदूरी गरी परिवार चलाउँदै आएका परिवारलाई खाद्य सामग्रीसहित सहयोग गरिएको हो ।

कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर-९ मा रहेको प्रगती टोल विकास समितिले आफ्नो क्षेत्रमा रहेका दैनिक ज्यालादारी व्यक्तिहरुको पहिचान गरि खाद्य सामग्री हस्तान्तरण गरेको हो ।

लकडाउनका कारण दैनिक काम रोकिएको र दैनिक ज्याला गरि खानेहरु समस्यामा परेको भन्दै समितिले खाद्यान्न(चामल, दाल, नुन, तेल, साबुन) वितरण गरेको हो ।

‘दैनिक ज्याला मजदूरी गरि परिवार धान्दै आएकालाई लकडाउनले गर्दा समस्या परेको पाइयो,’ समितिका अध्यक्ष राजेन्द्र तिमल्सिनाले भने, ‘यस स्थानमा बसेर दैनिक मजदुरी गर्दै आउनुभएकाहरुको पहिचान गरी खाद्यान्न बितरण गरिएको हो ।’

अध्यक्ष तिमल्सिनाले आज केही परिवारलाई राहत वितरण गरिएको र अन्य पनि प्रभावित भएको खण्डमा सहयोग गर्ने बताए ।

उनले वैदेशिक रोजगारीबाट आएर, ज्वरो र कोरोनाको लक्षण देखिने केही समस्य भए तत्काल सम्पर्क गर्न आग्रह गरेका छन् । वडा र नगरपालिकासँगको समन्वयमा उचित व्यवस्था गरिने उनले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ३ : ३५ बजे

चितवनमा मनाइयो राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव

काठमाडौं– राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव चितवनमा पनि मनाइएको

मेची राजमार्ग : राजदुवालीको पहिरो जोखिम यो वर्ष पनि उस्तै

मेची राजमार्गको झापा–इलाम खण्डको राजदुवाली पहिरो यो राजमार्गकै सबैभन्दा जोखिमपूर्ण

प्रधानमन्त्री बन्ने दौडमा बर्नह्याम, आज सार्वजनिक गर्दै आर्थिक एजेन्डा

लन्डन- बेलायतका प्रधानमन्त्रीका प्रमुख प्रतिक्षारत उम्मेदवार एन्डी बर्नह्यामले सोमबार आफ्नो बहुप्रतीक्षित

रेसुङ्गाले गर्‍यो १० जना उद्यमीलाई सम्मान

गुल्मी– रेसुङ्गा नगरपालिकाले ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’का सर्वोत्कृष्ट

चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता

एजेन्सी– चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग