सातवटै प्रदेशबाट कोरोना भाइरस संक्रमण परीक्षण शुरु « Khabarhub

सातवटै प्रदेशबाट कोरोना भाइरस संक्रमण परीक्षण शुरु


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ ।

मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ ।

धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै शुरु भएको हो । अहिले धरानमा दैनिक १२ जनाको स्वाब परीक्षण शुरु गरिएको प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनाले बताए ।

ती सबैको नेगेटिभ रिर्पोट आएको जानकारी उनले दिए । अरूको थप परीक्षण गर्ने तयारी भइरहेको छ ।

यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले मङ्गलबारबाट स्वाब परीक्षण सेवा शुरु गरिएको जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म तीन वटा परीक्षण गरिएकोमा दुई जनाको सङ्क्रमण नदेखिएको र अर्को एक जना भने रिर्पोट आउन बाँकी छ ।

प्रदेश नं. २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ५ को बुटवलमा पनि आज साँझबाट नमूना परीक्षण गर्ने तयारी रहेको कोभिड–१९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिए ।

उनका अनुसार यी चारै स्थानमा नमूना परीक्षणका लागि प्रोटेबल पीसीआर मेशिनसहित सम्पूर्ण सामग्री पुगिसकेको छ ।

यसअघि नै प्रयोगशाला सञ्चालन गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनशक्ति खटाइसकेको छ ।

मन्त्रालयले अहिलेको लागि दैनिक १२ जनाको नमूना परीक्षण गर्ने गरेता पनि चाँडै नै प्रयोगशालाको स्तरवृद्धि गरेर सातवटै प्रदेशबाट दैनिक एक हजार जनाको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको समितिका खनालले जानकारी दिए ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ४ : ०१ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय