भारतमा कोरोना भाइरसका कारण एकैदिन २३ जनाको मृत्यु « Khabarhub

भारतमा कोरोना भाइरसका कारण एकैदिन २३ जनाको मृत्यु


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- कोरोना भाइरसको संक्रमणबाट भारतमा एकैदिन २३ जनाको मृत्यु भएको छ।

छिमेकी मुलुक भारतमा कोरानका कारण सबैभन्दा बढीको मृत्यु भएको यो पहिलो घटना हो । अघिल्लो दिन ३ जनाको मात्र मृत्यु भएकोमा पछिल्लो २४ घण्टामा यो संख्या बढेर थप २३ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

त्यस्तै एकैदिन भारतमा ६ सय १ जना संक्रमित भेटिएका छन्। यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो।

योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब दुई हजार पुगेको छ।

भारतमा कोरोना भाइरसको जोखिम रोक्न  भारतीय प्रधानमन्त्रीले यसअघि नै तीन हप्ताको लकडाउन घोषणा गरेका छन् प्रभावित राज्यहरुमा उच्च सतर्कता अपनाइएको छ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ७ : ४३ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर