भारतमा कोरोना भाइरसका कारण एकैदिन २३ जनाको मृत्यु | Khabarhub Khabarhub

भारतमा कोरोना भाइरसका कारण एकैदिन २३ जनाको मृत्यु


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- कोरोना भाइरसको संक्रमणबाट भारतमा एकैदिन २३ जनाको मृत्यु भएको छ।

छिमेकी मुलुक भारतमा कोरानका कारण सबैभन्दा बढीको मृत्यु भएको यो पहिलो घटना हो । अघिल्लो दिन ३ जनाको मात्र मृत्यु भएकोमा पछिल्लो २४ घण्टामा यो संख्या बढेर थप २३ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

त्यस्तै एकैदिन भारतमा ६ सय १ जना संक्रमित भेटिएका छन्। यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो।

योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब दुई हजार पुगेको छ।

भारतमा कोरोना भाइरसको जोखिम रोक्न  भारतीय प्रधानमन्त्रीले यसअघि नै तीन हप्ताको लकडाउन घोषणा गरेका छन् प्रभावित राज्यहरुमा उच्च सतर्कता अपनाइएको छ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ७ : ४३ बजे

आजको मौसम पूर्वानुमानः तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको

यी हुन् निवार्चन आयोगमा दर्ता भएका १२२ दल (सूचीसहित)

काठमाडौं – निर्वाचन आयोगले अहिलेसम्म आयोगमा अध्यावधिक भएका र दर्ता

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक ८ गते शनिबार। कात्तिक

आज २०८२ साल कात्तिक ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ८ गते शनिबार। कात्तिक