पैसा चाहिनेले शुक्रबारसम्म आवेदन दिइसक्नुपर्ने « Khabarhub

पैसा चाहिनेले शुक्रबारसम्म आवेदन दिइसक्नुपर्ने


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाको महामारीबाट प्रभावितहरुलाई आर्थिक सहायता आवश्यक परेको भए शुक्रबारसम्म आवेदन दिइसक्न न्युयोर्क सिटीले आह्वान गरेको छ ।

आर्थिक सहयता आवश्यक भएका साना विजनेशले आवेदन दिने म्याद अप्रिल ३ सम्ममात्र रहेको जानकारी दिदै यस्तो अपिल गरिएको हो ।

गत मार्च ८ मा न्युयोर्क सिटीका मेयर बिल ब्लाजिओले कोरोनाको महामारीबाट प्रभावित साना विजनेशलाई राहत प्रदान गर्ने घोषणा गरेका थिए ।

न्युयोर्कको कामदार रिटेन्सन ग्रान्ट कार्यक्रमका लागि आवेदन दिने म्याद अप्रिल ३ को बेलुका ५ बजेसम्ममात्र रहेको छ । त्यसपछि प्राप्त आवेदनहरु अस्वीकार गरिने न्युयोर्क सिटीले जनाएको छ ।

अप्रिल ३ पछि पनि एसबीए ऋण र न्युयोर्कसिटीका साना ब्यापार निरन्तरता ऋणका लागि भने आवेदन दिन सकिनेछ ।

कामदार रिटेन्सन ग्रान्ट कार्यक्रमका लागि योग्य हुनका लागि ५ भन्दा कम कामदार भएको विजनेश हुनुपर्नेछ भने कोरोनाको महामारीका बेलामा समेत कामदारका लागि तलब जारी गरेको हुनुपर्छ ।

त्यस्तै एकदेखि ४ जनासम्म कामदार भएको, विगत ६ महिनादेखि संचालनमा रहेको, कुनै कानुनी जजमेन्टमा नपरेको विजनेशको आम्दानीमा २५ प्रतिशतभन्दा बढी गिरावट आएको खण्डमा यो सहायताका लागि योग्य हुनेछन् ।

यो सहायता अन्तरगत कामदारको तलबको ४० प्रतिशत रकम सिटीले सहायताका रुपमा प्रदान गर्नेछ । एउटा विजनेशले २७ हजार डलरसम्म रकम पाउनसक्नेछ ।

यदि तपाईको विजनेशमा एकसयभन्दा कम कर्मचारीहरु रहेका छन् र कोरोना भाइरसका कारण आम्दानीमा २५ प्रतिशत भन्दाबढी गिरावट आएको छ भने तपाईले ७५ हजारसम्मको विना ब्याजको ऋणका लागि आवेदन दिनसक्नुहुनेछ । त्यसका लागि २ बर्षदेखि संचालनमा रहेको विजनेश हुनुपर्छ ।

यो बाहेक युएस स्मल बिजनेश एड्मिनिस्ट्रेशनले कम ब्याजको ऋण र पेचेक प्रोटेक्सन प्रोग्राम समेत ल्याएको छ ।

पेचेक प्रोटेक्सन प्रोग्रामका लागि ५ सयभन्दा कम कामदार हुने विजनेशले आवेदन दिन सक्नेछन् ।

यो कार्यक्रम अन्तरगत पेरोलका लागि प्रयोग भएको ७५ प्रतिशतसम्म रकम तिर्नु नपर्ने जनाइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ९ : २८ बजे

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको