रामोसको पेनाल्टी गोल निर्णायक बन्दा नर्वेविरुद्ध स्पेनको जीत « Khabarhub

रामोसको पेनाल्टी गोल निर्णायक बन्दा नर्वेविरुद्ध स्पेनको जीत


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कप्तान सर्जियो रामोसले खेलको ७१ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेपछि स्पेनले युरोपियन च्याम्पियनसिपको छनोटमा नर्वेलाई पराजित गरेको छ । छनोटको समूह एफ मा रहेको स्पेनले नर्वेलाई २—१ पराजित गरेको हो ।

शनिबार राति भएको खेलमा स्पेनले सुरुआती अग्रता बनाएको थियो । खेलको १६ औं मिनेटमा स्पेनका रोड्रिगोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफसम्म १—० को अवस्थामा रहेको स्पेन र नर्वेको खेलको ६५ औं मिनेटमा स्पेनका खेलाडीले फाउल गरेपछि नर्वेले पेनाल्टी अवसर पाएको थियो । उक्त पेनाल्टीलाई जोसयु किङ्ले गोलमा परिणत गरेपछि खेल १—१ को बराबरीमा पुगेको थियो ।

त्यसको ७ मिननेट नवित्दै अर्थात् खेलको ७१ औं मिनेटमा स्पेनले पनि पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी प्रहार गरेका कप्तान रामोसले नर्वेको गोलपोष्ट चुमाएपछि स्पेनले २—१ को नेतृत्व गरेको थियो ।

रामोसको उक्त गोल टिमको जितका लागि निर्णायक बन्यो । स्पेन सन् १९६४, २००८ र २०१२ को युरापा च्याम्पियनसिपको उपाधि उचालेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ९ : १३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना