यसकारण कार्तिक आर्यनले छोडे एकता कपूरको फिल्म « Khabarhub

यसकारण कार्तिक आर्यनले छोडे एकता कपूरको फिल्म


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडमा पछिल्लो समय चर्चामा रहेका अभिनेता कार्तिक आर्यनले कोरोना भाइरसविरुद्धको लडाइँका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खडा गरेको कोषमा १ करोड रुपैयाँ सहयोग गरे ।

यतिबेला भने कार्तिकसँग जोडिएको अर्को समाचार पनि बाहिर आएको छ । खबरका अनुसार कार्तिकले एकता कपूरको फिल्म खेल्न इन्कार गरेका छन् । फिल्मका लागि एकताले कार्तिकलाई अफर गरेकी थिइन् ।

मिडियाका अनुसार कार्तिकले पहिले त मिति नै नभएको बताएका थिए । तर यसको खास कारण पारिश्रमिकमा चित्त नबुझेको बताइएको छ ।

बलिउडमा एकता कपूरले पारिश्रमिक धेरै दिन्निन् भनेर पनि चिन्ने गरिन्छ । यता कार्तिकले पनि एकपछि अर्को हिट फिल्म दिएपछि पारिश्रमिक बढाइरहेका छन् । उनले वरुण धावन र शाहिद कपूरले भन्दा बढी पारिश्रमिक माग्न थालेका छन् ।

कार्तिकको फिल्म ‘भुलभुलैया २’ रिलिज हुन बाँकी छ । यस्तै उनको अर्को सिक्वेल फिल्म ‘दोस्ताना २’ पनि दर्शकको पर्खाइमा छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ३ : १४ बजे

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

आज २०८२ साल पुस ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार