हावामा बाच्न सक्छ कोरोना भाइरस ? यस्ता छन् संक्रमणका लक्षण « Khabarhub

हावामा बाच्न सक्छ कोरोना भाइरस ? यस्ता छन् संक्रमणका लक्षण


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले लगभग विश्वभर फैलिएको छ ।

नेपालमा समेत कोरोनाको संक्रमितको संख्या फेला परेसंगै नेपालीहरुमा यसबारे त्रास उत्पन्न भएको छ । त्यसैले पनि आजकल मानिसमा कोरोनाका बिषयमा जान्न उत्सुकता रहने गरेको छ ।

तिनै उत्सुकताको आधारमा केहि कोरोना भाइरससंग सरोकार राख्ने जानकारी यस प्रकारका छन् ।

१. सीडीसी (Centers for Disease Control and Prevention) का अनुसार कोरोना भाइरस एकअर्काको सम्पर्कमा आउनासाथ फैलने गर्दछ । त्यसैले एकअर्कासंग कुरा गर्दा न्युनतम दुरी २ मिटर राख्नु पर्दछ ।

२. कोरोना भाइरसको शुरुवात खोकि र रुघाबाट हुने गर्दछ । कोरोनाबाट संक्रमित भएपछि सुख्खा खोकि आउन थाल्दछ । जसका कारण खोक्दा वा हाच्छ्यु गर्दा नाक मुख पाखुरा वा टिस्युले छोपेर मात्र गर्नुपर्दछ अन्यथा आसपासका ब्यक्तिमा पनि सर्ने संभावना हुन्छ ।

३. कुनै पनि सतह वा भुईमा समेत कोरोनाको भाइरस रहन सक्छन्, यस्ता सतहमा यी भाइरस एक सातासम्म जीवित रहन सक्ने भएकाले यस्ता छुने वा छोएपछि अनुहारमा छुने गर्नुहुदैन । यदि मानिसले नाक, मुख, आखाँ वा अनुहार हातले नछोएमा कोरोना सर्ने सम्भावना न्युन हुन्छ ।

४. आम भाइरस हावामा हुने पानीका ससाना कणमा पनि जीवित हुन सक्ने भएकाले ती रोगको संक्रमण हावाबाट हुने संभावना हुन्छ । तर कोरोना भाइरस हावामा लामो समयसम्म जीवित रहन सक्दैन । साथै मानिसको दिसा वा पिसाबबाट समेत कोरोना सर्छ भन्ने बिषय प्रमाणित भइसकेको छैन ।

५. मानिसबीच सामाजिक दुरी, मुखमा मास्क, अनुहार हातले नछुने तथा पटक पटक साबुनपानीले हात धुने गरेमा कोरोनाको संक्रमण हुने सम्भावना ९० प्रतिशतले कम हुन्छ । तर मास्कले कोरोनाको संक्रमणबाट बचाउन भन्दा पनि संक्रमित ब्यक्तिबाट अरुलाई हुनबाट बचाउँछ । त्यसैले संक्रमणकालसम्म सकेसम्म घरभित्रै रहन सकेमा कोरोनाको सर्ने सम्भावना धेरै हदसम्म न्युन हुन्छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ७ : ५८ बजे

कोरला नाका जोड्ने कोवाङ–जोमसोम सडक अलपत्र

मुस्ताङ– यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले

अन्तरिम अवस्थामा राहदानी सेवा अवरुद्ध हुनसक्ने : परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली

मौसममा पश्चिमी प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर