एएफसी यू–२३ च्याम्पियनसिप छनोट: नेपाल आज कतारसँग खेल्दै « Khabarhub

एएफसी यू–२३ च्याम्पियनसिप छनोट: नेपाल आज कतारसँग खेल्दै


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं — एएफसी यू—२३ च्याम्पियनसिप छनोटका लागि कतारमा रहेको नेपाली यु—२३ टोलीले आज (आइतबार) दोस्रो खेलमा आयोजक कतारसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा शुक्रबार ओमानसँग पराजित भएको नेपाली टोली दोस्रो खेलमा जीत निकाल्ने लक्ष्यमा रहेको छ ।

कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा हुने दाोस्रो खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै एसिया कप विजेता कतारी टोलीलाई रोक्नु पर्नेछ ।

ओमानसंग १—० गोल अन्तरले पराजित भएको नेपालले आजको खेलमा पुनरागमको योजना बनाएको छ । नेपालले दोस्रो चरण पुग्न कतारलाई पराजित गर्नैपर्ने हुन्छ भने अन्तिम खेलमा पनि अफगानिस्तानलाई पराजित गर्न सके दोस्रो चरणको सम्भावना कायम रहनेछ ।

नेपाली टोलीमा अमित तामाङ, अनन्त तामाङ, अविशेक रिजाल, अन्जन बिष्ट, एरिक बिष्ट, अर्पण कार्की, असिम भुसाल, विकास खवास, बिमल घर्ति मगर, बिश्वास श्रेष्ठ, दिनेश राजवंशी र गौरब बुढाथोकी छन् ।

यस्तै, हेमन्त थापा मगर, कमलश्रेष्ठ, प्रिजन तामाङ, धिरज श्रेष्ठ, रोमन रसाइली, सुमन अर्याल, सुनिल बल, तेज तामाङ, छिरिङ गुरुङ, नितिन थापा र दिप कार्की टोलीमा रहेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  १० : ०३ बजे

भोटेकोशी बाढी : एक हजार ४ सय ३६ जनाको शव भेटियो

काठमाडौं– भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव

बैठक बस्न नसकेपछि पार्टी कार्यलयबाट निस्किए केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

मस्को- युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार भएको घटनामा स्थानीय निरजकुमार

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली