भारतमा कोरोनाका कारण ६८ जनाको मृत्यु, २३ सय बढी संक्रमित | Khabarhub Khabarhub

भारतमा कोरोनाका कारण ६८ जनाको मृत्यु, २३ सय बढी संक्रमित


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–९)को संक्रमण भारतमा ज्यान गुमाउनेको संख्या ६८ पुगेको छ ।

भारतमा बिहीबार मात्रै कोरोना भाइरसबाट संक्रमित १० जनाले ज्यान गुमाएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ६८ पुगेको हो।

बिहीबार मात्रै भारतमा ३ सय ६३ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। हालसम्म २ हजार ३ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

चीनको वुहान शहरबाट सुरु भएकाे कोरोना भाइरसको प्रकोप यतिबेला विश्वभर फैलिएको छ। चीनमा संक्रमण केही नियन्त्रणमा आएपनि अन्यत्र भने संक्रमण घट्नुको साटो दिन प्रतिदिन बढिरहेको छ।

विश्वभर हालसम्म ९ लाख ८१ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने ५० हजारभन्दा बढीको मृत्यु भएको छ।

 

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  १० : ३४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र