ब्रेक्जिट विरोधीद्वारा लण्डनमा प्रदर्शन « Khabarhub

ब्रेक्जिट विरोधीद्वारा लण्डनमा प्रदर्शन


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– ब्रेक्जिटबारे अन्यौल कायम रहेका समय संयुक्त अधिराज्य (बेलायत) मा यूरोपियन यूनियनबाट बेलायत बाहिरिनु हुन्न भन्ने समूहले ब्रेक्जिटका बिषयमा अर्को जनमत सङ्ग्रहको माग गर्दै प्रदर्शन गरेको छ ।

इयुबाट बेलायतको बहिर्गमन हुनुहुन्न भन्ने पक्षका ठूलो समूहमा राजधानी पुगेका समर्थक लण्डनको हाइड पार्कमा जम्मा भइ मध्य लण्डन हुँदै शहरका विभिन्न स्थानमा पुगेका थिए ।

उनीहरूले ब्रेक्जिटको बिषयले राजनीतिक अन्यौलता हुँदा यसको प्रभाव सम्पूर्ण क्षेत्रमा देखिन थालेको दावीसहित सहभागीहरूले यस बिषयमा पुनः जनमतसङ्ग्रहको माग गरेका छन् ।

ब्रेक्जिटको विपक्षमा भएको बृहद् जनप्रदर्शनको पूर्वसन्ध्यामा पछिल्लो राजनीतिक अन्यौलबारे बोल्दै  लण्डनका नगर प्रमुख सादिक खानले भने, ‘ब्रेक्जिट पूर्ण तथा अत्यन्त भद्रगोलको अवस्थामा पुगेको छ । त्यसैले हामीहरुले यसबारे नयाँ निर्णय लिन जनदवाव सिर्जना गर्न लागेका हौं ।’

बेलायतको राजधानी लण्डनमा केही दशक यताकै ठूलो भनिएको प्रदर्शन बेलायतलाई इयूबाट छुट्याउने बिषयमा पुनः विचारका लागि जनतामा जान दवाव दिन आयोजना गरिउको खानले बताए ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  १० : ३३ बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा