‘मास्क लगाउने सुझाव मेरा लागि होइन’ « Khabarhub

‘मास्क लगाउने सुझाव मेरा लागि होइन’


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउने सुझाव आफ्ना लागि नभएको भन्दै मास्क प्रयोग गर्न अस्वीकार गरेका छन् ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले हरेक अमेरिकीलाई घर बाहिर निस्कँदा मास्क लगाउन वा रुमाल मुख छोप्न आग्रह गर्दै नयाँ स्वास्थ्य सुझाव जारी गरीरहँदा ट्रम्पले भने मास्क प्रयोग नगर्ने बताएका छन् ।

उनी कोरोना भाइरस टास्क फोर्सको शुक्रबारको नियमित ब्रिफिङ्गमा मास्कबिनै प्रस्तुत भएका थिए ।

आफू मास्क लगाएर राष्ट्रपति कार्यालयमा हुने विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, राजा, महारानीहरुसँगको भेटमा प्रस्तुत हुने कल्पनासम्म नगरेको ट्रम्पले बताएका छन् ।

राष्ट्रपति ट्रम्पले मास्कका सम्बन्धमा सिडसीले शुक्रबार जारी गरेको सुझाव स्वइच्छामा आधारित रहेको बताएका छन् ।

‘तपाईंहरुले पनि यसको पलना गर्नु पर्दैन । मलाई लाग्दैन कि मैले पनि यसको पलाना गर्नेछु,’ ट्रम्पले भने, ‘ मास्क लगाउने सुझावहरु मेरा लागि हैनन् ।’

 

 

 

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ९ : ४० बजे

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु

इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह

एजेन्सी– इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु

बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर

काठमाडौं- सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खोजी कार्यमा

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा