लकडाउनका बेला पेट्रोल र डिजेलमा कालोबजारी गर्ने व्यापारी पक्राउ « Khabarhub

लकडाउनका बेला पेट्रोल र डिजेलमा कालोबजारी गर्ने व्यापारी पक्राउ


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित रहन देश लकडाउनमा रहेको अवस्थाको मौका छोपी बजार भाउभन्दा बढी मूल्य लिइ पेट्रोल, डिजेललगायतका  सामान बिक्री गर्ने व्यापारीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको छ ।

कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका घर भई चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्यूल सेन्टरका ३६ वर्षीय महेशकुमार चौधरीलाई पक्राउ गरिएको हो ।

उनले हालको बजार मूल्य पेट्रोल प्रतिलिटर रु ९६ मा बिक्री गर्नुपर्नेमा रु ११० मा बिक्री गरी बिल नदिएकाले कालोबजार ऐनअन्तर्गत मुद्दा चलाइएको सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

त्यस्तै लकडाउनको उल्लङ्घन गरी यात्रु बोकेको तीन वटा बलेरो जीपलाई नियन्त्रणमा लिई चालकलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको छ । जीपमा रहेका २४ जना यात्रुलाई भने लामोसाँघुस्थित क्षेत्रीय क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरु विभिन्न जिल्लाबाट मजदूरी गर्न आएका र बिनाअनुमति घर फर्कन लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १ : ५३ बजे

मन्त्रिपरिषद् बैठक ३ बजे बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।

दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती

जनकपुरधाम– दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती पुगेको

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं– नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव

लघुवित्त पीडित आज पनि धर्नामा (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितहरूले आज बुधबार दोस्रो दिन पनि काठमाडौंको माइतीघरमा

कप्तानगञ्ज तनाव साम्य बन्दै, छानबिन टोली घटनास्थलमा

काठमाडौं– सुनसरीको कप्तानगञ्ज क्षेत्रमा आइतबार रातिदेखि उत्पन्न भएको तनाव अहिले साम्य