कोरोनाको उपचारमा अवरोध गर्ने स्वास्थ्यकर्मीको लाइसेन्स खारेज गर्ने सरकारी निर्णयको विरोध « Khabarhub

कोरोनाको उपचारमा अवरोध गर्ने स्वास्थ्यकर्मीको लाइसेन्स खारेज गर्ने सरकारी निर्णयको विरोध


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचार तथा स्वास्थ्य सेवा संचालनमा बाधा पुर्‍याउने चिकित्सक तथा स्वास्थ्यकर्मीको लाइसेन्स खारेज गर्ने निणर्य गरेको भन्दै चिकित्सकहरुले विरोध जनाएका छन् ।

चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले शनिबार विज्ञप्ती निकाल्दै स्वास्थ्य मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको लाइसेन्स गर्ने भनिएको निर्णय सच्याउन माग समेत गरेका हुन् ।

चैत १९ गते स्वास्थ्य मन्त्रालयमा बसेको सचिवस्तरको बैठकले निजी तथा सरकारी अस्पतालबाट प्रदान गरिने कोभिड १९ को उपचार तथा अन्य स्वास्थ्य सेवामा बाधा पुर्‍याउने चिकित्सक तथा स्वास्थ्यकर्मीको विवरण संकलन गरी भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी पेषागत इजाजत (लाइसेन्स) नै खारेज गरिदिने निर्णय गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाको संवेदनशीलता नै नबुझी चिकित्सकको मनोबल गिराउने काम गरेको भन्दै संघले स्वास्थ्य मन्त्रालयको निर्णयको आलोचना गरेको हो ।
‘स्वाथ्यकर्मी तथा चिकित्सकलाई आवश्यक पर्ने सुरक्षाका सामाग्रीहरु वेगर नै यो कोरोना भाइरसको महामारीसँग भिड्दै निरन्तर स्वास्थ्य सेवा प्रवाह गरिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँखामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कुन फैजदारी अभियाग गरे वा कस्तो भ्रष्टाचारमा लिप्त भएको प्रमाणिकरण गरेर कसलाई स्वास्थ्य सेवाबाट वर्खास्त गर्दै हुनुहुन्छ ?,’ संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यहाँको निर्णयले नेपाल मेडिकल काउन्सिल जस्तो स्वायत्त संस्थालाई दिइएको नियमसम्मत नसुहाउने ठाडो आदेशका कारण देशभरका सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सक चिन्तित भएका छन् ।’

संघले स्वास्थ्यकर्मी तथा चिकित्सकलाई स्वास्थ्य सुरक्षा सामाग्री दिएर काममा प्रोत्साहन गर्नुपर्ने माग समेत गरेको छ ।

यस्तो छ चिकित्सक संघको पुरा विज्ञप्ती–

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ४ : ४१ बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले