कांग्रेसले सोध्यो: सरकार ! अझै साइत कुर्ने कि व्यापक परीक्षणमा लाग्ने ? | Khabarhub Khabarhub

कांग्रेसले सोध्यो: सरकार ! अझै साइत कुर्ने कि व्यापक परीक्षणमा लाग्ने ?


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कैलालीमा एक स्थानीय महिलामा कोरोना संक्रमण देखिएको बिषय गम्भीरतापूर्वक लिएर परीक्षणको दायरा बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको परीक्षणलाई व्यापक बनाउन माग गरेका हुन् ।

विज्ञप्तीमा यसअघि संक्रमण देखिएका ६ जना सबै बिदेशबाट आएका नेपाली भएको र सातौं संक्रमण स्थानीयमा देखिनुको अर्थ गम्भीरताको दोस्रो चरणमा पुगेको भन्दै थप सतर्कता आवश्यक रहेको उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ,‘महिलाले संक्रमण कहिँ बाहिरबाट लिएर आइनन्, हाम्रो गम्भीर सतर्कता नपुग्नुको परिणाममा उनी संक्रमित बन्न पुगिन् ।’ समयमै अन्तर्राष्ट्रिय उडान नरोक्नु, विदेशबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परिक्षणको दायरा विस्तार गरेको भए अहिले संक्रमणको जोखम बढि नहुने कांग्रेसको भनाइ छ ।

प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘सरकारलाई हाम्रो अपील छ, यस अघि संक्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समूहको परीक्षण, परीक्षण र परीक्षण, तत्काल, तत्काल र तत्काल गरौं ।’

विदेशबाट आएका सबैलाई तत्काल अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गर्न र सबै स्थानीय तह तथा स्थानीय प्रशासनमार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गर्न समेत कांग्रेसले आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ५ : ३५ बजे

लोकतन्त्र, संविधानको रक्षा र जेन-जी पुस्ताको माग सम्बोधनका एजेन्डासहित एमालेको प्रदर्शन

लुम्बिनी– नेकपा (एमाले)ले आज बुटवलमा प्रदर्शन गरेको छ । एमाले

पशुपति क्षेत्रमा बालाचतुर्दशीको तयारी सुरु

काठमाडौं– विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी

‘एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन’

गुल्मी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरूले आफ्नो पार्टी चुनावविरोधी नभएको

दलहरूबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?

काठमाडौं– जेन-जी आन्दोलनपछिको राजनीति परिस्थिति र आमनिर्वाचन घोषणा भएसँगै पछिल्लो

जेन-जी युवाहरूको माग पुरा गर्नुपर्छ : एमाले उपाध्यक्ष बराल

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले संसद् पुनर्स्थापना गरि जेन-जी