कोरोनाभाइरसको संक्रमण रोक्न डा पाण्डेले दिए तत्काल गर्नै पर्ने १४ सुझाव | Khabarhub Khabarhub

कोरोनाभाइरसको संक्रमण रोक्न डा पाण्डेले दिए तत्काल गर्नै पर्ने १४ सुझाव


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा हालसम्म ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भातरबाट स्वदेश आएर क्वारेन्टाइनमा बसेका नेपालीमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार मात्र थप ३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । कोरोना नफैलियोस् भनेर सरकारल लकडाउन समेत गरेको अवस्था छ ।

नेपालमा कोरोनाको संक्रमण फैलन सक्ने भन्दै सरकार र नागरिकले समयमै सचेत हुनुपर्ने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पोण्डेले कोरोना संक्रमण रोक्न तत्काल गर्नुपर्ने केही कामबारे सरकार र नागरिकलाई सुझाव दिएका छन् ।

कोरोना संक्रमण रोक्न डा पाण्डेको सुझाव यस्तो छ

१) यदि कसैलाई उच्च ज्वरो आएको छ, सुख्खा र लहरे खोकी लागेको छ, सास फेर्न गाह्रो भएको छ अनि उ विदेशबाट आएको वा उनीहरुको संसर्गमा रहेको छ भने उसलाई अस्पताल भर्ना गरेर जाँच तथा उपचार गरौँ ।

उसका परिवारलाई होम क्वारेन्टाइनमा राखौं ।कोरोना संक्रमण परिक्षण गर्दा पोजिटिभ देखिएन भनेर ढुक्क नबनौं । नमुना संकलन गर्ने तरिका, त्यसको सुरक्षण बिधि, जांच गर्ने उपकरण, जांच गर्ने प्राबिधिकको क्षमता आदि धेरै कुराले फल्स पोजिटिभ वा फल्स नेगेटिभ रिपोर्ट आउन सक्छ ।

२) एकपटक जांच गर्दा रिपोर्ट पोजिटिभ आयो तर फेरी जांच गर्दा नेगेटिभ आयो भने त्यस्तो बिरामीलाई पनि आइसोलेसनमा राखौं । उसको परिवारलाई होम क्वारेन्टाइनमा राखौं ।

३) कोरोना परिक्षण गर्ने सुबिधा नभएको ठाउँमा यदि कुनै व्यक्ति संक्रमित मुलुकबाट आएको छ, वा त्यस व्यक्तिको सम्पर्कमा आएका उसका परिवार तथा आफन्तलाई माथिका लक्षण देखिए भने आइसोलेसनमा राखौं । लक्षण गम्भीर देखिए अस्पताल भर्ना गरौँ ।

४) ग्रामिण क्षेत्रका स्वास्थ्यकर्मी (नमुना लिने व्यक्ति) लाई नमुना संकलन गर्ने तालिम प्रदान गरौ । उनीहरुलाई पीपीई को ब्यबस्था गरौँ । धेरै जसो नमुना संकलन गर्ने व्यक्ति आफुलाई सर्छ कि भन्ने डरले घांटी तथा नाकको स्वाब लिँदा भित्रसम्म पुर्‍याएर पर्याप्त नमुना संकलन नगरेका हुनसक्छन । उनीहरुलाई मेहेनत गरेर नमुना संकलन गर्न प्रोत्साहित गरौँ । मेहेनत गर्नेलाई थप इन्सेन्टिभको ब्यबस्था गरौँ ।

५ यदि कुनै व्यक्तिलाई कोरोनाको लक्षण देखिएर मृत्यु भएको छ भने उसको रिपोर्ट पोजिटिभ वा नेगेटिभ जे आएपनि उसलाई सुरक्षित तरिकाले दाहसंस्कार गरौँ । उसको परिवार, आफन्त, भेट भएका व्यक्ति २ हप्ता होम क्वारेन्टाइनमा बसौं ।

६) कोरोना संक्रमणको डरले भारतबाट दशौँ हजार नेपाली आफ्नो घरमा आउनुभएको छ । उहाँहरु मध्ये अधिकांशलाई कोरोना संक्रमण भएको छैन । तर उहाँहरु २ हप्ता अनिबार्य क्वारेन्टाइनमा बस्नुपर्छ, बसाल्नुपर्छ । उहाँमध्ये कुनै व्यक्तिलाई माथिका लक्षण देखिएका छन् भने सिधै नजिकको अस्पताल वा आइसोलेसन केन्द्रमा राखौं ।परिवार तथा नजिकका व्यक्ति होम क्वारेन्टाइनमा बसौं ।

७) सिमानाका बासिन्दा ठूलो जोखिममा बस्नुभएको छ ।नाका, खेत, जंगल तथा नदीबाट कोहि व्यक्ति नेपाल पसेको छ कि छैन उच्च निगरानी गरौँ । यसको लागि सिमानाका बासिन्दालाई प्रशिक्षण दिन सुरु गरौँ । सिमानामा सुरक्षाकर्मीको बाक्लो गस्ती बढाउने ब्यबस्था गरौँ । सिमानाबाट कोरोना संक्रमित व्यक्ति नेपालभित्र पसेमा अकल्पनीय क्षति हुनसक्छ ।

८) सरकारले यस्तो महाबिपदको बेला खानपिनमा लाग्ने देशद्रोहीलाई ठाउँको ठाउँ कारबाही गरोस् । जांच गर्ने उपकरण, पिपिइ लगायत अत्यावश्यक औषधि उपकरण जिटुजी वा सेनामार्फत फास्ट ट्रयाक अपनाएर खरिद गरोस् । अघिल्लो सम्झौतामा हस्ताक्षर गर्ने, च्यानल मिलाउने लगायत व्यक्तिलाई पदमुक्त गरेर भ्रष्टाचारलाई निरुत्साहित गरोस् ।

९) यो अप्रिल महिना अर्थात बैशाखको मध्यसम्म कडा लक डाउन कायम गरौँ । यसपछि भारतको लक डाउनको समानान्तर लक डाउन गरौँ । सिमा नियमन गर्न लामो समय लक डाउन गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसको लागि १ बर्षको खाधान्न तथा औषधिको जोहो सरकारले गरोस ।

१०) सातै प्रदेशमा न्युनतम ५०० वेडको अस्पताल वा मेडिकल कलेजलाई खाली गरेर कोरोना अस्पतालको रुपमा बिकास गरौँ ।

११) बिपन्न बर्गलाई महिनाको १५,००० तथा ५० किलो चामलको ब्यबस्था गरौँ । भोकले कोहि मर्नु वा अन्य बाटो हिंड्नु नपरोस् भन्ने कुरामा सरकार सतर्क हुन जरुरी छ । अहिले जीवन संरक्षण गरौँ, बिकास पछि गरौंला ।

१२) सहरबाट गाउँ जाने नागरिकलाई निश्चित समय दिएर गाउँ जाने ब्यबस्था सरकारले गरोस । उहाँहरु आफ्नो खेतीपाती गरेर दुई छाकको जोहो गर्न सक्नुहुन्छ ।

१३ं) बिरामी उपचार नगर्ने प्राइभेट अस्पतालको इजाजत रद्द गर्ने वा राष्ट्रियकरण गार्मे काम सरकाले शिघ्र गरोस । विपतमा  काम नलाग्ने अस्पताल अस्पताल हैनन् पैसा छाप्ने मेसिन हुन् ।

१४) भ्रष्टाचारी तथा कालोबजारीको लिस्ट बनाउंदै सार्वजनिक गरौँ । उनीहरुलाई सामाजिक बहिस्कार गरौँ । अख्तियार तथा न्यायालयमा उजुरी दिने गरौँ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ७ : ३० बजे

रुसी सेनामा रहेका नेपालीको संख्या अझै यकिन भएको छैन : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरूको

वामदेवलाई केपी ओलीको जवाफ : तपाईंमा एकताको भावना देखेँ, त्यसलाई अघि बढाऊँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विवाददेखि

ओली भन्छन् : उपनिर्वाचनमा एमालेको जित मिसन ०८४ को सुरुवात हो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गतेको

उपेन्द्र र माधव कांग्रेससँग मिलेर सरकार ढाल्ने योजनामा थिए : अशोक राई (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) आइतबारदेखि विभाजन

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र चट्याङसहितको