निर्मला हत्या प्रकरण– पूर्व एसपी विष्टसँग साढे १० लाख धरौटी माग « Khabarhub

निर्मला हत्या प्रकरण– पूर्व एसपी विष्टसँग साढे १० लाख धरौटी माग


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


महेन्द्रनगर– निर्मला हत्या प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गरेको तथा प्रमाण नस्ट गरेको अभियोग लागेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख (बर्खास्तीमा परेका) एसपी दिल्ली विष्टलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा. राजेन्द्र कुमार आर्चायको इजलाशले विष्टलाई साढे १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो । न्यायाधीश आचार्यको इजलाशले विष्टसँग हिरासतमा रहेका व्यक्तिलाई यातना दिएको आरोपमा ६ लाख र घटनाको अनुसन्धानमा लापरवाही गरेको तथा प्रमाण नष्ट गरेको आरोपमा  ४ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको हो ।

यद्यपि विष्टले भने अदालतले तोकेको धरौटी नबुझाएको अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले खबरहबलाई जानकारी दिए ।

‘अदालतले साढे १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश जारी गरेको छ,’ अवस्थीले खबरहबसँग भने, ‘उहाँले आज ५ बजेसम्म धरौटी बुझाउनुभएन भने थुनामा पठाइन्छ ।’

गत साउन १० गते बलात्कार हत्या गरिएकी निर्मला पन्तको घटनाबारे अनुसन्धानमा लापरवाही गरेको तथा प्रमाण नस्ट गरेको भन्दै विष्टसहित ८ जना तत्कालीन प्रहरी अधिकार/कर्मचारीविरुद्ध अदालतमा जाहेरी परेको थियो ।

तत्कालीन एसपी विष्टसहित जिप्रका कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआईबीका डिएसपी अंगुर जिसी, जिप्रका कञ्चनपुरका इन्सपेक्टर एकेन्द्र खड्काविरुद्ध अनुसन्धानका क्रममा यातना दिएको अभियोगमा मुद्दा दर्ता  भएको थियो । यस्तै, वडा प्रहरी कार्यालय महेन्द्रनगरका तत्कालीन इन्सपेक्टर जगदिश भट्ट, सईहरु हरिसिंह धामी तथा रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध प्रमाण नस्ट गरेको अभियोगमा मुद्दा दर्ता गरिएको थियो ।

निर्मलाकी आमा दूर्गादेवी पन्तले विरुद्ध अनुसन्धानमा लापरवाही गरेको तथा घटनासँग सम्बन्धित प्रमाण नस्ट गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

यस्तै निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा संलग्न रहेको भन्दै गत भदौ पहिलो साता पक्राउ परेका दिलीपसिंह विष्टका खडक सिंह विष्टले हिरासतमा रहेका बेला यातना दिएको भन्दै जाहेरी दिएका थिए ।

विष्टसहित अन्य ८ जना तत्कालीन प्रहरी अधिकारी/कर्मचारीविरुद्ध अदालतमा जाहेरी दर्ता भएकोमा ६ जना धरौटी तिरेर रिहा भइसकेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का तत्कालीन डिएसपी (हाल) निलम्बित अंगुर जिसी भने अदालतमा उपस्थित भएका छैनन् ।

 

 

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  १ : २३ बजे

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना