दीपकराज गिरीलाई प्रश्न – ‘छक्का पञ्जा ४’ दशैंमै रिलिज होला ? « Khabarhub

दीपकराज गिरीलाई प्रश्न – ‘छक्का पञ्जा ४’ दशैंमै रिलिज होला ?


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता दीपकराज गिरीले एउटै फिल्मको स्किृप्ट तयार पार्न एक वर्षको समय खर्च गर्छन् । यहाँ एकै हप्तामा फिल्मको कथा तयार पारेर फिल्म बनाउने फिल्मकर्मी पनि छन् ।

दीपकराज गिरीले स्किृप्टमै मेहनत गर्ने कारण उनका फिल्म दर्शकले रुचाउँछन् । समीक्षात्मक रुपमा भने उनले ताली कम गाली ज्यादा पाउँछन् । यतिबेला गिरीले फिल्म ‘छक्का पञ्जा ४’ को स्किृप्ट लेखिरहेका छन् ।

कोरोना भाइरस फैलिने सम्भावित सम्भावनालाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेका कारण अभिनेता गिरी पनि घरमै थुनिएका छन् । यतिबेला फिल्मलेखनका लागि पर्याप्त समय भए पनि वातारण अनुकूल नभएकाले उनले फिल्म लेख्न सकिरहेका छैनन् ।

गिरीको फेसबूकबाट

‘फिल्म त लेखिरहेको छु, तर अहिले लेख्न सकिरहेको छैन, फिल्म लेख्न पनि वातावरणले धेरै प्रभाव पार्छ,’ खबरहबको कुराकानीमा गिरीले भने ।

बरु यतिबेला गिरीले अभावमा परेका प्राविधिक तथा स्पट ब्यायहरुलाई खाद्यान्नको व्यवस्था गरिनुपर्छ भनेर जुटिरहेका छन् । कोरोना भाइरसका कारण देशभर लकडाउन हुँदा प्राविधिकहरुले काम नपाएर आफ्नो दैनिक गुजारा टार्न गाह्रो परेको छ ।

‘यो बेलामा प्राविधिकलाई सहयोग गर्न लागिपरेका छौं, केही सहयोग गरेका छौं,’ उनले भने, ‘अहिले सरकारलाई सहयोग गर्ने कुरा छैन, भोलि राज्यकोषलाई पनि सहयोग गर्ने भन्ने पनि छँदैछ तर अहिले प्राविधिकलाई सहयोग गरौं ।’

गिरीले अहिले सरकारलाई सहयोग गर्न खोज्नु भनेको ‘पपुलर’ बन्न खोज्नु भएको प्रतिक्रिया समेत दिए । उनले भने, ‘लकडाउनका बेला सरकारले कसरी सहयोग गर्छ भन्ने नै स्पष्ट छैन, यतिबेला सरकारलाई सहयोग गरेर पपुलर हुन खोजेको मात्र हो ।’

चलचित्र ‘छक्का पञ्जा ४’ आगामी दशैंमा रिलिज हुने भनिएको थियो । अब भने यो फिल्म दशैंमा रिलिज हुने सम्भावना न्यून भएको गिरीले बताए । तपाईंहरुले दशैंमा नै रिलिज गर्छौं भनेको फिल्म ‘छक्का पञ्जा ४’ निर्धारित दशैंमै रिलिज होला ? भन्ने खबरहबको प्रश्नमा गिरीले भने, ‘अब यसै भन्न सकिने अवस्था रहेन ।’

फिल्मको छायांकन जेठमा शुरु गर्न सकिएन भने यो फिल्म दशैंमा रिलिज हुने सम्भावना निकै कम हुने गिरीको भनाइ थियो । ‘अहिले यो फिल्म दशैंमा रिलिज होला कि नहोला भन्ने अन्यौलमा छ,’ उनले थपे ।

गिरीको टिमले निर्माण गरेका फिल्मले नेपालमा मात्र नभएर विदेशमा पनि उस्तै कमाइ गर्ने गर्छन् । विदेश राइटस् र डिजिटल राइट्समा ‘छक्का पञ्जा’ सिरिजले लोकप्रियता कमाएका छन् ।

‘हाम्रो वैदेशिक व्यापार राम्रो थियो, नेपालका राम्रो भए पनि कोरोनाका कारण विदेशमा असर पर्ने भयो,’ गिरीले भने ।

उनले फिल्मको स्किृप्ट नै अझै नसकिएको र मुड चल्दा स्किृप्टमा काम भइरहेको प्रतिक्रिया दिए । ‘स्किृप्ट लेख्न बस्दा कलम नै चल्दैन, दर्शकको हामीसँग धेरै आशा छ, फेरि जस्तो पायो त्यस्तै बनाएर पनि भएन,’ गिरीले भने ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ३ : ५३ बजे

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन