कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा कांग्रेस सक्रिय « Khabarhub

कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा कांग्रेस सक्रिय


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- विश्वव्यापी महामारीका रुपमा बढिरहेको कोरोना भाइरस सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाली कांग्रेस कास्कीले मातहतका इकाईलाई सक्रिय बनाएको छ ।

पार्टीले जिल्लाका सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्दै जिल्ला समिति मातहतका सबै इकाईलाई सक्रिय बनाएको पार्टीका प्रवक्ता नवीन सिग्देलले बताए ।

जिल्ला समितिको निर्देशनअनुसार प्रत्येक एकाइले आ–आफ्ना तर्फबाट आवश्यक सहयोगमा जुटीरहेको उनले जानकारी दिए ।  यसैबीच नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिका समिति कास्कीले गाउँपालिकाभित्र कोरोना भाइरसको सङ्क्रमणबाट नागरिकलाई जोगाउने लक्ष्यका साथ ‘ब्लिचिङ’ पाउडरको झोल छर्केको छ ।

पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको सहभागितामा गाउँपालिकाका नौवटै वडामा ब्लिचिङ पाउडरको झोल छर्कने काम गरिरहेको नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य विष्णुबहादुर क्षेत्रीले जानकारी दिए ।

“शुक्रबारदेखि गाउँपालिका–२ सार्दीखोलाबाट शुरु गरिएको ब्लिचिङ पाउडरको झोल छर्कने कार्य आज वडा नं ७ धम्पुसबाट सकिँदैछ,” उनले भने  “हामीले सँगसँगै सचेतनामुलक कार्यक्रम पनि अघि बढाएका छौँ, सचेतनाका लागि पार्टीका नेता तथा कार्यकर्ताको परिचालन एवम् सामाजिक सञ्जालको भरपुर उपयोग गरिएको छ ।” आगामी दिनमा कोरोना विरुद्धको सङ्घर्षमा पार्टीलाई सङ्गठित गर्दै अघि बढ्ने बताउँदै उनले यस विषम परिस्थितिमा आँफू पनि बाँच्ने र अरुलाई पनि बँचाउने अभियानमा जुट्नुको विकल्प नभएको उल्लेख गरे ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  २ : ५४ बजे

सर्वदलीय बैठक : संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

काठमाडौँ – सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई

‘ट्रेन्ड सेटर’ पनि बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ !

काठमाडौँ- नेपाली फिल्मका पण्डितहरू पनि फ्लप भइरहन्छन् । फिल्मको तुलनामा

‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले साम्प्रदायिक

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी