माग्ने बूढाले निखिललाई भने – नमस्कार दादा, निखिलले हल्लाए हात | Khabarhub Khabarhub

माग्ने बूढाले निखिललाई भने – नमस्कार दादा, निखिलले हल्लाए हात


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका बेला कलाकारहरु घरमै बसिरहेका छन् । फ्यानलाई सतर्क रहन आग्रह गरेका छन् । कलाकार पनि अत्यावश्यक कामका लागि बाहेक अरु कामले घरबाट बाहिर निस्केका छैनन् ।

खासै लाइभमा नआउने एक्सन स्टार निखिल उप्रेती पनि आजभोलि फेसबूक लाइभमा आउने गरेका छन् । दर्शकसँग साक्षात्कार गरिरहेका छन् ।

आज (आइतवार) पनि निखिल आफ्नो आधिकारिक फेसबूक पेजमार्फत लाइभमा झुल्किए । सामाजिक सञ्जालबाट टाढा रहने निखिलले फेसबूक खाता खोलेको पनि धेरै भएको छैन । धेरै फेक खाता बनेपछि बल्ल उनले फेसबूक चलाउन थालेका थिए । निखिल लाइभमा आएर फ्यानसँग कुराकानी गरेका थिए । उनले नेपाली राजनीति र सरकारको कामप्रति पनि दुःख व्यक्त गरे ।

त्यसै क्रममा अर्का हास्यकलाकार केदार घिमिरे (माग्ने बूढा) पनि लाइभमा जोडिए । उनले निखिललाई लेखे – नमस्कार दादा ।

निखिलले लगत्तै भने – मैले माग्ने बूढालाई पनि देखिरहेको छु । उहाँलाई हेलो भन्न चाहन्छु । सुरक्षित रहनुहोला ।

त्यसपछि निखिल पुनः फ्यानसँग कुरा गर्न र आफ्ना मनमा लागेका कुरा गर्नमा व्यस्त देखिए । निखिलले सबैलाई सुरक्षित रहन र नजिकका लाई पनि सुरक्षित रहन अनुरोध गर्न आग्रह गरे । उनले लाइभमा भने – यो सबै हाम्रै गल्तीका कारण यस्तो भएको हो । हामीलाई यसले गहिरो पाठ सिकाएको छ ।

‘अहिले हामीले मानवता देखाउनुपर्ने अवस्था छ, जुन विचारले आफूलाई र अरुलाई हानी गर्छ भने त्यो पनि राम्रो होइन,’ उनले भने, ‘गलत विचार पनि सरुवा रोग हो ।’

साथै निखिलले राजनीतिलाई पनि लाइभमार्फत थोरै छोए । संकटको बेलामा पनि सरकारले गरेको काम र भ्रष्टाचारले गर्दा समस्यामा पारेको बताए ।

देशमा जहिले पनि संकट आउँदा जनता बारबार लुटिएको सुन्दा दुःख लाग्छ, जुन आरोप लाग्छ, त्यसलाई आनाकानी गर्दै टाल्दै जानु पनि राम्रो होइन,’ निखिलले भने, ‘साँच्चिकै राम्रो गर्न खोज्नेहरू राजनीतिमा टिकिरहेका छैनन् ।’

हेर्नुस् भिडियो:

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ४ : ४९ बजे

शिक्षक महासंघसँगको नौ बुँदे सहमति मन्त्रिपरिषद्बाट अनुमोदन

काठमाडौं – मन्त्रिपरिषद् बैठकले शिक्षकसँग भएको सहमति अनुमोदन गरेको छ

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको

ओलीसँग माधव नेपालका १३ माग, पूरा नभए आन्दोलन गर्ने

काठमाडौं– पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा सिनियर

आन्दोलनरत शिक्षक र सरकारबीच नौ बुँदे सहमति

काठमाडौं । सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको

कांग्रेसको महाधिवेशन एक वर्षभित्र हुन्छ : सहमहामन्त्री परियार

चितवन– नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले महाधिवेशन एक वर्षभित्र हुने