कोरोना कहर : फलफूल, तरकारी तथा ग्यास सिलिन्डरलाई कसरी सुरक्षित बनाउने ? « Khabarhub

कोरोना कहर : फलफूल, तरकारी तथा ग्यास सिलिन्डरलाई कसरी सुरक्षित बनाउने ?


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइसरको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले विभिन्न काम गरिरहेको छ ।

कोरोना महामारीका बेला पनि अत्यावश्य खाद्यन्न, तरकारी तथा फलफूल ग्यास लगायतका दैनिक उपभोग्य वस्तु लिन भने मानिसहरु बजार निस्किनै पर्ने बाध्यता छ । कोरोना संक्रमणबाट बच्न घरमै बसे पनि खाद्यन्न, तरकारी तथा फलफूल लिन जाँदा नै कोरोना संक्रमण हुने हो कि भन्ने त्रास पनि मानिसहरुमा छ ।

बजारबाट ल्याएका तरकारी तथा खाद्यन्न सुरक्षित छन् त ? धेरैको मनमा यस्तो शंका उत्पन्न हुनु स्वभाविक पनि हो ।

कोरोना महामारीको यस विषम परिस्थितिमा बजारबाट किनेर ल्याएका खाद्यान्न, तरकारी तथा फलफूल र ग्यास लगायतका अति अत्यावश्यपर्ने सामग्रीहरुलाई कसरी सुरक्षित बनाउने ? जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डेको सुझाव यस्तो छ–

–हातमा पंजा लगाएर सुरक्षितरूपमा ग्यास ल्याउने ।उक्त ग्यासलाई घरबाहिर साबुनपानीले सफा गर्ने । त्यसपछि ओभानो गरेर स्प्रिट वा डेटोल पानीले सफा गर्ने । अनि आधा घण्टा घाममा राखेर घरभित्र ल्याउने । हात राम्रोसंग धुने ।

–दाल, चामल लगायतका सामान ल्याएपछि सबैभन्दा बाहिरको प्याकिंग निकाल्ने । त्यसलाई नष्ट गर्ने । ती बोरा वा झोलालाई आधा घण्टा घाममा राख्ने ।

–तरकारी तथा फलफुल ल्याएको प्लास्टिकको झोला नष्ट गर्ने, आफुले साबुनपानीले हात धुने । तराकारी तथा फलफुललाई २० मिनेटदेखि आधा घण्टा सम्म घाममा राख्ने । त्यसपछि बांटामा राख्ने । बाँटामा मनतातो पानी राख्ने । त्यसमा खाने सोडा वा नुन वा कागतीको रस वा भिनेगार राख्ने । तरकारी, फलफुल सफा गर्ने । आधा घण्टापछि धारोको पानीमा मिचिमिची सफा गर्ने । अनि सुक्खा राख्ने । यसरी प्रयोग गर्दा सुरक्षित हुन्छ । खानेकुरामा शरीरलाई हानि गर्ने केमिकल मिसाउनु हुँदैन ।यो बाहेक क्लोरिन पानी र पियुषको केहि थोपा राखेर सफा गर्न पनि सकिन्छ ।

–प्याकेट, बोरा, झोलालाई स्यानिटाइजर वा ब्लीच पानीले पनि सफा गर्न सकिन्छ । केहि विज्ञको मत यो छ कि मनतातो पानीले राम्रोसंग सफा गरेब्लीच मिसाउनु पर्दैन भनेका छन् भने केहि विज्ञले चिसोपानिले राम्रोसंग धोए पनि हुने बताएका छन् । यो आफ्नो आफ्नो ठाउँको अभ्यासमा भर पर्दछ ।

–आलु, स्याउ, गाजर लगायत कडा सतह भएका फलफुल तथा तरकारीलाई चिसो पानीमा राखेर भेजिटेबल ब्रस वा नरम ब्रसले सफा गर्न सकिन्छ भने गोलभेंडा, च्याउ आदिलाई पानीमा डुबाएर हातले बिस्तारै सफा गर्न सकिन्छ । अझ सुरक्षित हुनको लागि बेकिंग सोडा राखेर सफा गर्न सकिन्छ ।

–फलफुल तथा तरकारीलाई काट्नु अघिं राम्रोसंग धुनु जरुरी छ ।

–सकभर बोक्रा ताछेर खानु सुरक्षित हुन्छ । त्यस्तै बन्दा, प्याज, काउली आदिको बाहिरको पत्र निकालेर खानु बढी सुरक्षित हुन्छ ।

–खानेकुरा सफा गर्ने, काट्ने तथा पकाउने मान्छे सफा तथा निरोगी हुनुपर्दछ । रुघाखोकी तथा ज्वरो आएको व्यक्तिले भान्साको काम गर्नुहुँदैन ।

–तरकारी, फलफुल तथा अन्य खानेकुरा सफा गर्दा यसलाई ठूलो रुपमा गम्भीर हुनु जरुरी छैन । माथि उल्लेख गरेका उपायमध्ये आफुसंग उपलब्ध बिधि अपनाउने हो । सबैभन्दा उपयुक्त बिधि भनेको पटक पटक हात धुने हो । सरसफाईमा ध्यान दिने हो ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ५ : ५४ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।