कोरोना कहर : फलफूल, तरकारी तथा ग्यास सिलिन्डरलाई कसरी सुरक्षित बनाउने ? « Khabarhub

कोरोना कहर : फलफूल, तरकारी तथा ग्यास सिलिन्डरलाई कसरी सुरक्षित बनाउने ?


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइसरको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले विभिन्न काम गरिरहेको छ ।

कोरोना महामारीका बेला पनि अत्यावश्य खाद्यन्न, तरकारी तथा फलफूल ग्यास लगायतका दैनिक उपभोग्य वस्तु लिन भने मानिसहरु बजार निस्किनै पर्ने बाध्यता छ । कोरोना संक्रमणबाट बच्न घरमै बसे पनि खाद्यन्न, तरकारी तथा फलफूल लिन जाँदा नै कोरोना संक्रमण हुने हो कि भन्ने त्रास पनि मानिसहरुमा छ ।

बजारबाट ल्याएका तरकारी तथा खाद्यन्न सुरक्षित छन् त ? धेरैको मनमा यस्तो शंका उत्पन्न हुनु स्वभाविक पनि हो ।

कोरोना महामारीको यस विषम परिस्थितिमा बजारबाट किनेर ल्याएका खाद्यान्न, तरकारी तथा फलफूल र ग्यास लगायतका अति अत्यावश्यपर्ने सामग्रीहरुलाई कसरी सुरक्षित बनाउने ? जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डेको सुझाव यस्तो छ–

–हातमा पंजा लगाएर सुरक्षितरूपमा ग्यास ल्याउने ।उक्त ग्यासलाई घरबाहिर साबुनपानीले सफा गर्ने । त्यसपछि ओभानो गरेर स्प्रिट वा डेटोल पानीले सफा गर्ने । अनि आधा घण्टा घाममा राखेर घरभित्र ल्याउने । हात राम्रोसंग धुने ।

–दाल, चामल लगायतका सामान ल्याएपछि सबैभन्दा बाहिरको प्याकिंग निकाल्ने । त्यसलाई नष्ट गर्ने । ती बोरा वा झोलालाई आधा घण्टा घाममा राख्ने ।

–तरकारी तथा फलफुल ल्याएको प्लास्टिकको झोला नष्ट गर्ने, आफुले साबुनपानीले हात धुने । तराकारी तथा फलफुललाई २० मिनेटदेखि आधा घण्टा सम्म घाममा राख्ने । त्यसपछि बांटामा राख्ने । बाँटामा मनतातो पानी राख्ने । त्यसमा खाने सोडा वा नुन वा कागतीको रस वा भिनेगार राख्ने । तरकारी, फलफुल सफा गर्ने । आधा घण्टापछि धारोको पानीमा मिचिमिची सफा गर्ने । अनि सुक्खा राख्ने । यसरी प्रयोग गर्दा सुरक्षित हुन्छ । खानेकुरामा शरीरलाई हानि गर्ने केमिकल मिसाउनु हुँदैन ।यो बाहेक क्लोरिन पानी र पियुषको केहि थोपा राखेर सफा गर्न पनि सकिन्छ ।

–प्याकेट, बोरा, झोलालाई स्यानिटाइजर वा ब्लीच पानीले पनि सफा गर्न सकिन्छ । केहि विज्ञको मत यो छ कि मनतातो पानीले राम्रोसंग सफा गरेब्लीच मिसाउनु पर्दैन भनेका छन् भने केहि विज्ञले चिसोपानिले राम्रोसंग धोए पनि हुने बताएका छन् । यो आफ्नो आफ्नो ठाउँको अभ्यासमा भर पर्दछ ।

–आलु, स्याउ, गाजर लगायत कडा सतह भएका फलफुल तथा तरकारीलाई चिसो पानीमा राखेर भेजिटेबल ब्रस वा नरम ब्रसले सफा गर्न सकिन्छ भने गोलभेंडा, च्याउ आदिलाई पानीमा डुबाएर हातले बिस्तारै सफा गर्न सकिन्छ । अझ सुरक्षित हुनको लागि बेकिंग सोडा राखेर सफा गर्न सकिन्छ ।

–फलफुल तथा तरकारीलाई काट्नु अघिं राम्रोसंग धुनु जरुरी छ ।

–सकभर बोक्रा ताछेर खानु सुरक्षित हुन्छ । त्यस्तै बन्दा, प्याज, काउली आदिको बाहिरको पत्र निकालेर खानु बढी सुरक्षित हुन्छ ।

–खानेकुरा सफा गर्ने, काट्ने तथा पकाउने मान्छे सफा तथा निरोगी हुनुपर्दछ । रुघाखोकी तथा ज्वरो आएको व्यक्तिले भान्साको काम गर्नुहुँदैन ।

–तरकारी, फलफुल तथा अन्य खानेकुरा सफा गर्दा यसलाई ठूलो रुपमा गम्भीर हुनु जरुरी छैन । माथि उल्लेख गरेका उपायमध्ये आफुसंग उपलब्ध बिधि अपनाउने हो । सबैभन्दा उपयुक्त बिधि भनेको पटक पटक हात धुने हो । सरसफाईमा ध्यान दिने हो ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ५ : ५४ बजे

उपत्यकामा बस्ने किराँत समुदायले मनाए साकेला उभौली पर्व 

काठमाडौं– किराँत समुदायको चाड उभौली सुरु भएको छ । आज

सिरहा बम विस्फोट घटनाका अभियुक्त पुर्पक्षका लागि कारागार चलान

सिरहा- सिरहा जिल्ला अदालत बार एसोसिएसनको भवनमा भएको प्रेसर कुकर बम

बालेन सरकारको काम हेर्नुछ, मुल्यांकन समय भइसकेको छैन : कमल थापा 

काठमाडौं– राप्रपाका नेता कमल थापाले बालेन सरकारको काम हेर्नू पर्ने

विष्णुमती नदी किनार कंकेश्वरी क्षेत्रमा वुद्धको प्रस्तर मूर्ति राखियो 

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नं. १९ कंकेश्वरीमा १५ फिट लामो

खामेनेई स्वस्थ रहेको दाबी

तेहरान- इरानका सर्वोच्च नेता मोजताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे फैलिएका विभिन्न