लकडाउनका बेला दूध ढुवानी गर्ने गाडीमा भेटियो १४० लिटर रक्सी « Khabarhub

लकडाउनका बेला दूध ढुवानी गर्ने गाडीमा भेटियो १४० लिटर रक्सी


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– ‘दूध ढुवानी सेवा’ लेखेको स्टीकर टाँसी अटोमा रक्सी (मदिरा) तस्करी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहान ६ बजेतिर हेटौंडा उपमहानगरपालिका– २ चौकीटोलमा चेकजाँचका क्रममा ना १ ह ५३८१ नम्बरको अटोलाई प्रहरीले रक्सीसहित नियन्त्रणमा लिएको हो । प्रहरीले अटोबाट करिब १ सय ४० लिटर मदिरा समेत बरामद गरेको छ ।

प्रहरीका अनुसार उक्त अटो बिहान समरीबाट हेटौंडातर्फ आउँदै गरेको थियो । अटोमा देखिने गरी दूधका खाली क्यानहरु राखी भित्रपट्टी गेलनमा मदिरा राखिएको थियो ।

सरकारले कोरोना भाइरस संक्रमणको जोखिक कम गर्न भन्दै जारी गरेको लकडाउनका बेला अत्यावश्यक वस्तुअन्तर्गत पर्ने दूधको ढुवानी भने रोकेको छैन ।

दूध ढुवानी गर्ने गाडीहरु स्थानीय प्रशासनबाट पास समेत नलिइ चल्ने पाउने भएका कारण मदिरा तस्करले अटोको अगाडि ‘दूध ढुवानी सेवा’ लेखिएको स्टीकर टाँसी मदिरा तस्करी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  १२ : १० बजे

एमाले सांसदको गुनासो : रास्वपाका सांसदले हेपे, सभामुखले पनि विभेद गरे

काठमाडौं- नेकपा एमालेकी सांसद एशुदाकुमारी बरालले सत्तारुढ दलका सांसदहरूले पुराना

एमाले सांसद्को आरोप- सुकुम्वासीलाई बलपूर्वक हटाएर सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गर्‍यो

काठमाडौं– नेकपा (एमाले) का सांसद गुरु बरालले भरपर्दो बसोबासको व्यवस्था

तस्बिरमा हेर्नुहोस्, आजको प्रतिनिधिसभा बैठक

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक जारी छ । बैठकमा अहिले आकस्मिक

दुई महिनापछि होर्मुजबाट चीनका दुई सुपरट्यांकर बाहिरिए, अमेरिकालाई इरानको अर्को चेतावनी

तेहरान- इरान युद्धको तनावका कारण दुई महिनादेखि फारसको खाडीमा फसेका

काभ्रेको नमोबुद्धमा बर्ड फ्लुको संक्रमण पुष्टि

काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा बर्ड फ्लुको संक्रमण पुष्टि भएको छ