कुवेतका प्रधानमन्त्रीले भने– यहाँ रहेका नेपालीलाई अप्ठ्यारो पर्न दिँदैनौं « Khabarhub

कुवेतका प्रधानमन्त्रीले भने– यहाँ रहेका नेपालीलाई अप्ठ्यारो पर्न दिँदैनौं


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुवेतले आफ्नो देशमा रहेका नेपालीलाई कुनै अप्ठ्यारो पर्न नदिने बचन दिएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टेलिफोन वार्ताका क्रममा कुवेतका प्रधानमन्त्री सबाह अल–खालिद अल सबाहले आफ्नो देशमा रहेका नेपालीहरुलाई कुनै अप्ठ्यारो पर्न नदिने बचन दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी र त्यसले प्रवासी नेपालीमा पार्न सक्ने असरका विषयमा कुराकानी गर्न मंगलबार कुवेतका प्रधानमन्त्री अल सबाहसँग कुराकानी गरेका थिए ।

कुराकानीका क्रममा कुवेतका प्रधानमन्त्रीले कोरोना संक्रमण देखिएका तथा आशंका गरिएका नेपालीहरुको उपचारमा पनि खुला दिलले सहयोग गर्ने प्रतिबद्धता जनाएका प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

कुवेतका प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी भएको जानकारी सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटर ह्यान्डलमा भनेका छन्, ‘आज (मंगलबार) दिउँसो कुवेतका प्रधानमन्त्रीसँग भएको टेलिफोनमा मैले त्यहाँ कार्यरत नेपालीहरुको सुरक्षा र कल्याणको बारेमा आफ्नो चासो राखेँ । कुवेतका प्रधानमन्त्रीले नेपालीहरुलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।’

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ४ : ४९ बजे

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण