अन्तर्राष्ट्रिय उडानमाथि वैशाख १८ गतेसम्म प्रतिबन्ध लगाइने | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय उडानमाथि वैशाख १८ गतेसम्म प्रतिबन्ध लगाइने


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरस संत्रमणको जोखिम कम गर्न अन्तर्राष्ट्रिय उडानमाथि लगाएको प्रतिबन्ध पुनः १५ दिनका लागि बढाएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि गठित उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिको मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध वैशाख १८ गते सम्मका लागि लम्ब्याउने निर्णय गरेको हो ।

सरकारले यसअघि दोस्रो पटक निर्णय गर्दै अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध वैशाख ३ गते सम्मका लागि कायम राखेको थियो ।

सरकारले कोरोना संक्रमणका लागि जारी गरिएको लकडाउनको आदेश भने वैशाख ३ गते सम्मका लागि लम्ब्याएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ५ : २४ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्