सीमामा अलपत्र नागरिकलाई नेपाल ल्याउन सर्वोच्चको आदेश | Khabarhub Khabarhub

सीमामा अलपत्र नागरिकलाई नेपाल ल्याउन सर्वोच्चको आदेश


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले नेपाल-भारत सीमामा अलपत्र नागरिकलाई नेपाल ल्याउन सरकारका नाममा आदेश गरेको छ।

सीमामा अलपत्र रहेका र नेपाल आउन चाहने नागरिकलाई क्वारेन्टाइनमा राख्ने ग्यारेन्टीसहित नेपाल ल्याउन सर्वोच्चले आदेश दिएको हो।

न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले सीमानामा अलपत्र नेपालीलाई ल्याउनल आदेश गरेको हो।

तत्काल नेपाल प्रवेश सम्भव नभएमा कूटनीतिक पहलबाट लकडाउनको अवधिसम्म त्यहाँ रहेका नागरिकलाई यथास्थानमा खाने बस्ने र स्वास्थ्य सुनिश्चितताको व्यवस्था गर्न पनि सर्वोच्चले आदेश गरेको छ।

त्यस्तै सर्वोच्चले विदेशमा रहेका नागरिक समेत नेपाल फर्कन चाहेमा फर्कने व्यवस्था मिलाउन पनि आदेश गरेको छ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ६ : ४३ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ