नेपालगञ्जमा कोरोना परीक्षण गर्ने पीसीआर मेशिन जडान | Khabarhub Khabarhub

नेपालगञ्जमा कोरोना परीक्षण गर्ने पीसीआर मेशिन जडान


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा –कोभिड–१९ को परीक्षण गर्न नेपालगञ्जमा पोलिमर चेन रिएक्सन (पीसीआर) मेशिन जडान शुरु भएको छ ।

बाँके र बर्दिया जिल्लाका शङ्कास्पद बिरामीलाई लक्ष्य गरी भेरी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि यन्त्र जडान आजदेखि शुरु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए ।

उनका अनुसार आज नेपालगञ्ज आइपुगेको यन्त्त जडान गर्न शुरु गरिएको छ । यन्त्र जडान गरेर एकदुई दिनमै कोरोना भाइरस परीक्षण शुरु गरिने छ । भेरी अस्पतालमा जडान भइरहेको यन्त्रले एक दिनमा सय जना जतिको कोरोना भाइरस नमूना परीक्षण गर्न सक्नेछ ।

भेरी अस्पतालमा कोरोना परीक्षण गर्ने पिसिआर मेशिन खरीद तथा जडानका लागि प्रदेश सरकारले आफै खर्च व्यहोर्ने निर्णय गरिसकेको छ ।
चार सय एकान्तबासमा

बाँकेमा स्थानीय तहले सञ्चालन गरेका एकान्तवासमा चार सय जना भन्दा बढी निगरानीमा छन् ।

तीमध्ये अहिलेसम्म ३१ जनाको नमूना जाँच भएको छ भने २३ जनाको नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाहले जानकारी दिए ।

आज नेपालगञ्ज आउनुभएका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले यसप्रति चासो देखाउँदै बाँके र बर्दिया जिल्लाका शङ्कास्पद विरामीलाई लक्ष्य गरी भेरी अस्पतालमा कोरोना भाइरस परीक्षण यन्त्र जडानको काम द्रुतगतिमा गर्न निर्देशन दिए ।

राज्यमन्त्री रावतले नेपालगञ्जमा भेरी अस्पतालका निमित्त प्रमुख डा थापासँग कोरोना परीक्षण यन्त्र जडानको प्रक्रियावारे जानकारी लिँदै कुनै ढिलाइ नगर्न आग्रह गरे ।

अस्पताल प्रमुख डा थापाले आजदेखि नै भेरी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि यन्त्र जडान गर्ने प्रक्रिया अघि बढेको बताए ।

रगत अभाव नहुन दिन पहल

कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीमा बिरामीलाई रगतको अभाव नदिन पहल गरिएको छ ।

बन्दाबन्दीका कारण बाँकेस्थित अस्पतालमा रगतको अभाव भएपछि अन्तर पार्टी युवा सञ्जाल बाँकेले २४ सै घण्टा बिरामीलाई रगत उपलब्ध गराउने व्यवस्थाको शुरुआत गरेको छ ।

रगतका अभावमा रहेका बिरामीलाई रगत उपलब्ध गराउन सञ्जालले सम्पर्क व्यक्ति तोकेर रगत सङ्कलनदेखि बिरामीलाई उपलब्ध गराउन सहजीकरण गर्दै आएको नेकपा बाँकेका कार्यालय सदस्य रत्न खत्रीले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ८ : ०६ बजे

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर– सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सिने ब्रिफ : कोही ‘जुठो पानी’ले नै चर्चामा, कोही फिल्म नपाएर गुमनाम

हेडलाइन…नायक जीवन लुइँटेल ६ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दै, अमेरिका

भियतनामकी उपराष्ट्रपति सुआन नेपाल आउँदै

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको

संखुवासभामा भूकम्पको धक्का

संखुवासभा– पूर्वी नेपालको संखुवासभामा भूकम्पको धक्का महसुस भएको छ ।

आज १६०औँ मोती जयन्ती मनाइँदै

काठमाडौं– राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज देशभर