स्थितिलाई अनियन्त्रित हुनबाट रोक्न थप परीक्षण प्रयोगशाला आवश्यक: राप्रपा | Khabarhub Khabarhub

स्थितिलाई अनियन्त्रित हुनबाट रोक्न थप परीक्षण प्रयोगशाला आवश्यक: राप्रपा


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना भाइरस नियन्त्रण तथा सचेतना अभियानको कार्यान्वयनमा ध्यान दिन सरकारसँग आग्रह गरेको छ ।

सरकारले हालसम्म गरेका कार्य र प्रयास सही भएको र व्यवस्थापकीय कार्य क्षमता तथा कार्यशैलीमा सुधार गर्न राप्रपाले सुझाव दिएको छ ।

लकडाउनको अवधि बढाउने सरकारको निर्णयलाई सकारात्मकरूपमा लिएको जनाउँदै राप्रपाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा अझ अनुशासित एवं मर्यादित ढङ्गले सफल तुल्याउन सम्पूर्ण नेपालीसमक्ष अनुरोधसमेत गरेको छ ।

कोरोना प्रकोप नियन्त्रण तथा राहत व्यवस्थापन कार्यमा प्रदेश र स्थानीय तहका सरकारलाई थप र स्पष्ट जिम्मेवारी दिन तथा आवश्यक साधन स्रोत उपलब्ध गराउन पनि सो पार्टीले आग्रह गरेको छ ।

“स्थितिलाई अनियन्त्रित एवं विस्फोटक हुनबाट रोक्न सरकारले अविलम्ब थप परीक्षण प्रयोगशाला स्थापना गरी आवश्यक दक्ष प्राविधिक जनशक्ति परिचालन गनुर्छ”, विज्ञप्तिमा भनिएको छ ।

विशेषगरी सुदूरपश्चिम प्रदेशलाई उच्च प्राथमिकतामा राख्न राप्रपाले सरकारसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ११ : २३ बजे

हरिवंश र धुर्मुसलाई लिएर ‘पाँच पाण्डव’ बन्दै : अरु को को छन् कलाकार ?

काठमाडौं – अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’

साधुसन्तलाई भण्डारा गराएर मनाइयो गुरु नानक जयन्ती

काठमाडौं – गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर

आज २०८२ साल कात्तिक २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर