स्थितिलाई अनियन्त्रित हुनबाट रोक्न थप परीक्षण प्रयोगशाला आवश्यक: राप्रपा « Khabarhub

स्थितिलाई अनियन्त्रित हुनबाट रोक्न थप परीक्षण प्रयोगशाला आवश्यक: राप्रपा


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना भाइरस नियन्त्रण तथा सचेतना अभियानको कार्यान्वयनमा ध्यान दिन सरकारसँग आग्रह गरेको छ ।

सरकारले हालसम्म गरेका कार्य र प्रयास सही भएको र व्यवस्थापकीय कार्य क्षमता तथा कार्यशैलीमा सुधार गर्न राप्रपाले सुझाव दिएको छ ।

लकडाउनको अवधि बढाउने सरकारको निर्णयलाई सकारात्मकरूपमा लिएको जनाउँदै राप्रपाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा अझ अनुशासित एवं मर्यादित ढङ्गले सफल तुल्याउन सम्पूर्ण नेपालीसमक्ष अनुरोधसमेत गरेको छ ।

कोरोना प्रकोप नियन्त्रण तथा राहत व्यवस्थापन कार्यमा प्रदेश र स्थानीय तहका सरकारलाई थप र स्पष्ट जिम्मेवारी दिन तथा आवश्यक साधन स्रोत उपलब्ध गराउन पनि सो पार्टीले आग्रह गरेको छ ।

“स्थितिलाई अनियन्त्रित एवं विस्फोटक हुनबाट रोक्न सरकारले अविलम्ब थप परीक्षण प्रयोगशाला स्थापना गरी आवश्यक दक्ष प्राविधिक जनशक्ति परिचालन गनुर्छ”, विज्ञप्तिमा भनिएको छ ।

विशेषगरी सुदूरपश्चिम प्रदेशलाई उच्च प्राथमिकतामा राख्न राप्रपाले सरकारसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ११ : २३ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र