काठमाडौंका खाद्यान्न गोदाममा उद्योग मन्त्रीको अनुगमन | Khabarhub Khabarhub

काठमाडौंका खाद्यान्न गोदाममा उद्योग मन्त्रीको अनुगमन


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले काठमाडौंको कुलेश्वर क्षेत्रमा रहेका खाद्य सामग्रीका गोदामहरुको स्थलगत निरीक्षण गरेका छन् ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनको अवधि बढाएसँगै खाद्य सामग्रीको अभाव हुन नदिन भन्दै मोज्दात खाद्यान्नबारे जानकारी लिन मन्त्री भट्ले मंगलबार खाद्यान्न गोदामको अनुगमन गरेका हुन् ।

मन्त्री भट्टले काठमाडौंको कुलेश्वर क्षेत्रका गोदामहरुको अनुगमन गरी नेपाल खाद्य किराना व्यवसायी संघसँग रहेको खाद्य सामग्रीको मौज्दातको अवस्थाबारे जानकारी लिएका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव डा वैकुण्ठ अर्यालसँगै अनुमगनमा पुगेका मन्त्रीले मुलुक संकटमा परेका बेला व्यवसायीहरुले नाफा नहेरी सेवा भावका साथ काम गर्नुपर्ने बताए ।

उनले खाद्य सामग्रीको मौज्दातको अवस्था र सरकारका तर्फबाट गरिनुपर्ने प्रयासबारे व्यवसायीहरुको राय समेत माग गरेका थिए ।

व्यवसायीहरुले भने खाद्य सामग्रीको पर्याप्त मात्रामा मौज्दात रहेको र भारतबाट आयात हुने खालका खाद्य सामग्रीको पनि नियमित आपूर्ति भइरहेको जानकारी दिए ।

व्यवसायीहरुले ट्रक चालक तथा लोड अनलोड गर्ने मजदुरहरुका लागि पास व्यवस्था गरिदिन मन्त्रीसँग माग गरे ।

जवाफमा मन्त्री भट्टले खाद्य सामग्रीजस्तो अत्यावश्यक बस्तुको आपूर्ति तथा व्यवस्थापनमा काम गर्ने सबै मजदुरको पासको व्यवस्था गरिने बताए । यस्ता मजदुरहरुलाई गोदाम नजिकै खाने तथा बस्ने व्यवस्था मिलाउन पनि व्यवसायीहरुको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १ : ४६ बजे

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी