ड्युटीमा हाजिर नभएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालका ५ जना चिकित्सक बर्खास्त | Khabarhub Khabarhub

ड्युटीमा हाजिर नभएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालका ५ जना चिकित्सक बर्खास्त


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– कोरोना भाइरसको संक्रमण फैलिएको चुनौतीपूर्ण परिस्थितिमा ड्युटीमा हाजिर नभएको भन्दै ५ नम्बर प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका ५ जना चिकित्सकलाई बर्खास्त गरेको छ ।

प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालको ठाडो आदेशमा प्रादेशिक अस्पतालले ५ जना चिकित्सकहरुलाई बर्खास्त गरेको हो ।

बर्खास्त हुने चिकित्सकहरुमा ईएनटी विभागका डा प्रकाश न्यौपाने, युरो सर्जन डा सुवासचन्द्र चौधरी, आकस्मिक विभागकी डा. प्रकृति कार्की एवम् रेडियोलोजी विभागका डा बरदान वली र डा ताराप्रसाद शर्मा छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले पाँच जना चिकित्सकहरुलाई बर्खास्त गरिएको पुष्टि गरे । मेसु डा खनालका अनुसार बर्खास्तीमा परेका पाँचै जना चिकित्सक करार सेवामा कार्यरत थिए ।

‘पाँचै जना डाक्टरसा’वहरु अस्पताललाई जानकारी नै नदिइ २ सातादेखि ड्युटीमा हाजिर हुनुभएको थिएन,’ मेसु खनालले भने, ‘मन्त्रीज्युले तत्काल बर्खास्त गर्न निर्देशन दिनु भएको हो ।’

उनीहरुलाई चैत २० गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको मेसु खनालले जानकारी दिए ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  २ : ४६ बजे

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी