कोरोना भाइरसबाट कुन देशमा कतिको मृत्यु ? « Khabarhub

कोरोना भाइरसबाट कुन देशमा कतिको मृत्यु ?


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई ’विश्वव्यापी महामारी’ को सङ्ज्ञा दिएको छ।

चीनबाट सुरु भएको कोभिड १९ संक्रमणलाई रोक्नका लागि विभिन्न देशहरुले उपाय अपनाएका छन् । तर पनि उक्त भाइरस संक्रमणका कारण मृत्यु हुने क्रम रोकिएको छ ।

चीनको वुहानबाट हुरु भएको भाइरसको संक्रमण को दर घटेको छ भने युरोप र अमेरिका महामारीबाट धेरै प्रभावित भएका छन् ।
कोरोना भाइरसका कारण युरोप र अमेरिका नराम्रोसँग प्रभावित भएको हो ।

विश्वमा १४ लाख ३४ हजार ८ सय ६१ जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८२ हजार १ सय ६१ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसको संक्रमण देखिएर निको भएकाहरुको संख्या ३ लाख २४ हजार ७० रहेको छ ।

चार लाख कोरोना भाइरस संक्रमित रहेको अमेरिकामा १२ हजार ८ सय ५७ जनाको ज्यान गएको छ । त्यस्तै स्पेनमा १ लाख ४१ हजार ९ सय ४२ जनामा संक्रमण देखिएको छ भने १४ हजार ४५ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै इटलीमा १ लाख ३५ हजार ५ सय ८६ जनामा संक्रमण देखिएको छ भने मृतकको संख्या १७ हजार १ सय २७ रहेको छ ।

त्यस्तै फ्रान्समा १ लाख ९ हजार मानिस कोरोना भाइरस संक्रमित रहेका छन् भने १० हजार ३२८ जनाले ज्यान गुमाएका छन् ।

जर्मनीमा १० लाख ७ हजार मा संक्रमण देखिएको छ भने २ हजर १६ जनाले ज्यान गुमाएका छन् ।

त्यसतै चीनमा ८१ हजार ८ सय मा संक्रमण देखिएको छ भने ३ हजार ३३३ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  २ : २८ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका