कुकुरले टोकेर गोरखामा १ जनाको मृत्यु, शङ्कास्पदलाई रेबिजविरुद्धको खोप शुरु « Khabarhub

कुकुरले टोकेर गोरखामा १ जनाको मृत्यु, शङ्कास्पदलाई रेबिजविरुद्धको खोप शुरु


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको सिरानचोक गाउँपालिका–२ स्थित माथिल्लो पाम क्षेत्रमा रेबिज लागेर एक व्यक्तिको मृत्यु भएपछि अन्य शङ्कास्पद ४० जना स्थानीयवासीलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउन थालिएको छ । कुकुरले टोकेर स्थानीयवासी ४५ वर्षीय रामबहादुर गुरुङको मृत्यु भएपछि मृत्यु संस्कारमा सहभागी हुने व्यक्तिहरु र मृतकका परिवारलाई रेबिजबिरुद्वको भ्याक्सिन लगाउन थालिएको हो ।

‘रेबिज लागेका व्यक्तिको मृत्यु संस्कारमा सहभागी भएकाहरु तथा मृतकको घरपरिवारका व्यक्तिमा रेबिज सर्न सक्ने सम्भावना बढी हुन्छ,’ सिरानचोक गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख टुकमान श्रेष्ठले भने, ‘त्यसैले उहाँहरु सबैको पहिचान गरी रेबिजविरुद्धको भ्याक्सिन दिन थालिएको छ ।’

गुरुङलाई गएको माघ २ गते आफ्नै घरमा पालेको कुकुरले टोकेपछि रेबिज लागेर मृत्यु भएको जनाइएको छ । कुकुरको टोकाइबाट रेबिज लागेका गुरुङको चैत १३ गते मृत्यु भएको हो । गुरुङ बिरामी परेपछि कुकुरकै जस्तो गरी आवाज निकाल्ने गरेको र आफ्नै श्रीमतीलाई समेत टोकेको स्थानीयवासीको भनाइ छ ।

माघ २ गते कुकुरले टोकेका गुरुङ करिब एकहप्तापछि देखि बिरामी परेका थिए । उनको स्थानीय स्वास्थ्यचौकी र आँपपिलल अस्पतालमा उपचार गरिएको थियो, तर गुरुङले आफूलाई कुकुरले टोकेको भन्ने कुरा लुकाएका कारण समयमा उपचार हुन नसक्दा मृत्यु भएको परिवारको भनाइ छ ।

त्यस क्षेत्रमा स्थानीयवासी कलाबती गुरुङ र हर्कबहादुर गुरुङसमेतलाई कुकुरले टोकेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । हर्कबहादुर र कलाबतीलाई टोक्ने कुुकुरलाई स्थानीयवासीले नियन्त्रणमा लिएर मारेका थिए । गाउँमा रेबिजका कारण गुरुङको मृत्यु भएको पुष्टि भएपछि पहिलो चरणमा १६ जनालाई गोरखा अस्पतालमा र दोस्रो चरणमा गाउँमा नै थप २४ जना गरी कुल ४० जनालाई मंगलबार रेबिजविरुद्धको भ्याक्सिन लगाइएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।

‘कोरोना भाइरसको सम्भावित सङ्क्रमणको जोखिमका कारण एकै पटक गाउँलेहरु स्वास्थ्य संस्थामा गएर भ्याक्सिन लगाउन सक्ने अवस्था पनि छैन । लकडाउन घोषणा गरिएकाले घर बाहिर नागरिकलाई निस्कनुभन्दा पनि गाउँपालिकाबाट नै स्वास्थ्यकर्मी परिचालन गरी घर घरमा पुगेर भ्याक्सिन लगाउन थालिएको छ,’ उनले भने ।

रेबिज लागेको जनावरले टोकेका मानिसमा एकदेखि तीन महिनाभित्रमा रेबिजको लक्षण देखिने उनको भनाइ छ । लक्षण देखिएका व्यक्तिको एकहप्ताभित्रमै मृत्यु हुनसक्ने भएकाले स्थानीयवासी त्रसित भएका छन् ।

गाउँपालिकाले भने मंगलबारदेखि नै त्यस क्षेत्रमा पुगेर गाउँका सबै घरमा रेबिजको लक्षण, सर्ने अवस्था, ध्यान दिनुपर्ने उपायका बारेमा घर घरमा पुगेर जानकारी गराउनसमेत शुरु गरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ३ : २८ बजे

आर्मेनियाली नरसंहारलाई मान्यता दिएको इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट

बाकु- इजरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा औपचारिक

स्वर्णीमको जवाफ- १२ वर्षकै सबैभन्दा अनुशासित बजेट ल्यायौँ, कार्यान्वयनमा शंका नगरौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित

विष्णु पौडेलको हिरासत म्याद तीन दिन थप

काठमाडौं – सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका  पूर्वअर्थमन्त्री विष्णु प्रसाद

रास्वपा निर्वाचित छ पदाधिकारीको शपथ कहिले ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारीले

नियम विपरित कार्य गर्ने ८ लघुवित्त र तिनका पदाधिकारीमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौं– नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष