वर्ष २०७६ मा साम्राज्ञीको करिअर कस्तो रह्यो ? « Khabarhub

वर्ष २०७६ मा साम्राज्ञीको करिअर कस्तो रह्यो ?


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यो वर्षभरि चर्चामा रहिन् । खासगरी उनलाई ३ कुराले चर्चामा ल्यायो – फिल्म, देवांश राणासँगको प्रेमसम्बन्ध र बाली काण्ड ।

यस वर्ष साम्राज्ञी सबैभन्दा बढी तनावमा बाली काण्डका कारण परिन् । उनी आफ्ना ब्यायफ्रेण्ड देवांश राणासँग इन्डोनेसियाको बाली घुम्न गएकी थिइन् ।

बालीको समुद्री तटमा रोमान्स गरेका तस्वीरले उनलाई विवादमा ल्याइदियो । ती तस्वीरमा उनी बिकिनी अवतारमा देखिएकी थिइन् । प्रेमी देवांशले चुम्बन गरेका तस्वीर सार्वजनिक भएपछि उनी विवादमा तानिएकी थिइन् ।

यो घटनाले साम्राज्ञीलाई चोट पुर्‍यायो । खबरहबसँगको कुराकानीमा उनले भनेकी थिइन् – मलाई यो घटनाले केही समय डिप्रेसनमा पुर्‍यायो ।

पछिल्लो समय भने साम्राज्ञी देवांशसँग अझ बढी नजिक भएकी छिन् । सामाजिक सञ्जाल टिकटकमा साम्राज्ञीलाई देवांशसँग रमाएको देख्न सकिन्छ ।

यो वर्ष साम्राज्ञीको अभिनय रहेका दुई फिल्म प्रदर्शनमा आए । दुवै फिल्मले उनलाई राहत दिलाएनन् । जबकि, दुवै फिल्मबाट साम्राज्ञीले धेरै अपेक्षा गरेकी थिइन् ।

नवल नेपालको निर्देशनमा तयार भएको फिल्म ‘मारुनी’ ले पनि खासै चर्चा कमाउन सकेन । यसै वर्ष रिलिज भएको उनको अर्को फिल्म ‘रातो टीका निधारमा’ ले पनि दर्शकको साथ पाउन सकेन । दुवै फिल्म व्यावसायिक असफलता हुँदा साम्राज्ञीलाई असर गरेको छ ।

वर्षका दुवै आशा गरिएका फिल्म असफल हुँदा साम्राज्ञीले अब छानेर मात्र फिल्म खेल्ने र वर्षमा एउटा मात्र फिल्ममा काम गर्ने बताएकी छिन् ।

यो वर्ष साम्राज्ञीलाई अन्य दुई कुराले चर्चामा ल्यायो । वर्षभरिमा उनी फिल्मका कारणभन्दा व्यक्तिगत कारणले चर्चामा रहिन् । साम्राज्ञीलाई गाउँले फिल्म खेल्दिनँ भनेको भन्ने आरोपमा विवादको सामना गर्नुपर्‍यो । पछि साम्राज्ञीले आफूले त्यस्तो भन्दै नभनेको भन्दै स्पष्ट नै पार्नुपर्ने अवस्था आयो ।

समग्रमा हेर्दा यस वर्ष साम्राज्ञी फिल्मका कारणले भन्दा बढी व्यक्तिगत चर्चामा रहिन् । जुन चर्चाले साम्राज्ञीको करिअरलाई खासै राहत दिँदैन ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ६ : ४७ बजे

ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु

मध्यविन्दु– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका–७ हरियाली जङ्गल

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं– सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे पनि

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको

पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुञ्ज

बागमती– नेपालमा पाइने रैथाने हात्तीको प्रमुख वासस्थान मानिएको पर्सा राष्ट्रिय

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बुधबारको कारोबारमा