बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका थापाको शव बुझ्न परिवार तयार | Khabarhub Khabarhub

बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका थापाको शव बुझ्न परिवार तयार


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपेन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको परिवार शव बुझ्न तयार भइको छ ।

वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थापा कोरोना संक्रमणको आशंकामा अस्पताल भएका थिए । अस्पतालमा उपचारकै क्रममा उनको चैत १६ गते मृत्यु भएको थियो । मृत्यु भइसकेपछि आएको रिपोर्टमा उनमा कोरोना संक्रमण नभएको देखिएको थियो ।

कोरोना संक्रमणबाट नभइ समयमै उपयुक्त उपचार नपाएर आफ्ना श्रीमानको मृत्यु भएको भन्दै थापाकी पत्नी रिताले घटनाको छानबिन माग गरेकी थिइन् । थापाकी पत्नी रितासहित आफन्तहरुले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही र परिवारलाई क्षतिपूर्तिको माग गर्दै शव उठाउन मानेका थिएनन् ।

११ दिनदेखि अस्पतालमै रहेको शव बुधबार भएको छलफलपछि परिवारका सदस्यहरु उठाउन सहमत भएका हुन् ।

बुधबार दिउँसो प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा भएको छलफलमा ५ बुँदे सहमति भएपछि आफन्त तथा परिवारका सदस्यहरु थापाको शव उठाउन राजी भएका हुन् ।

बुधबारको छलफलका क्रममा मृतक थापाका परिवारलाई दिने गरी आधारभूत राहात कोष खडा गर्ने र उक्त कोषामा शुरुमा ५ लाख ५ हजार रकम जम्मा गर्ने सहमति भएको थियो । उक्त कोषमा थप रकम जुटाउने पनि सहमति भएको छ ।

यस्तै, मृत थापाका २ छोरालाई उच्च शिक्षासम्म पठनपाठनमा सहयोग गर्ने र मृतककी श्रीमती रितालाई स्थानीय तहले योग्यताअनुसार रोजगारी दिने सहमति पनि भएको छ ।

पाल्पाको रिब्दिकोट स्थायी घर भएका थापाका परिवारका सदस्यहरु रुपन्देहीको सैनामैना नगरपालिका–४ मा डेरा गरी बस्दै आएका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ५ : २७ बजे

पूर्वहरूमा जागेको जग हँसाउने जाँगर !

राजा महेन्द्रले आफ्ना विश्वासपात्र विष्णुमणि आचार्यलाई मन्त्रिमण्डलमा लैजान योग्य व्यक्तिको

सवारी दुर्घटनामा एक जनाको मृत्यु

उदयपुर– उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा

प्रदेश प्रमुख अस्वस्थ भएपछि बागमतीका नवनियुक्त मन्त्रीको शपथ कार्यक्रम स्थगित

हेटौँडा– बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम स्थगित भएको

म्याग्दीका तीस ग्रामीण सडकको स्तरोन्नति

म्याग्दी– म्याग्दी जिल्ला पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८१–०८२ मा

विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

पाल्पा– पाल्पाको तानसेन नगरपालिका–११ स्थित लिपीन्देवी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न