मेयरले मास्क वितरणमा पनि राजनीति गरेको भन्दै विरोध | Khabarhub Khabarhub

मेयरले मास्क वितरणमा पनि राजनीति गरेको भन्दै विरोध


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जोगबुढा– डडेल्धुराको परशुराम नगरपालिकामा मास्क वितरणका लागि नगरप्रमुखले पार्टी कार्यकर्तालाई जिम्मा दिएको भन्दै वडाध्यक्षहरुले विरोध जनाएका छन् ।

आफ्नै वडामा मास्क वितरण भईरहदा आफुहरु अनविज्ञ रहेको वडाध्यक्षहरुको भनाइ छ ।

संघीय सरकारले नै हरेक क्षेत्रबाट प्राप्त राहत सामाग्री जनप्रतिनिधिमार्फत वितरण गर्ने निर्णय गरी सर्कुल जारी गरे पनि नगरप्रमुख भीमबहादुर साउँदले आफू निकटका व्यक्ति तथा पार्टीका कार्यकर्ताहरुलाई परिचालन गरेको वडाध्यक्षहरुको आरोप छ ।

परशुराम नगरपालिका वडा नम्बर ९ का अध्यक्ष रमेश बोहरा कोरोनाको संक्रमण फैलिन नदिन र जनतालाई सचेत बनाउन एकद्वार प्रणालीमार्फत राहत तथा अन्य अत्यावश्यक सामग्री वितरण गरिनुपर्ने बताउँछन् । तर, नगर प्रमुखले नै केन्द्र सरकारको निर्णयको समेत बेवास्ता गरी वडाहरुमा मास्क वितरण गर्नका लागि आफ्नो पार्टीका कार्यकर्ता परिचालन गरेको उनको भनाइ छ ।

परशुराम नगरपालिका वडा नम्बर ४ मा नरेन्द्र बहादुर चन्द, वडा नम्बर ७ मा लक्ष्मण भट्ट, वडा नम्बर ८ मा मनोज कार्की र वडा नम्बर ९ मा मन्दीर सिंह बोहराले मास्क वितरण गरिरहेको स्थानीयले जानकारी दिएका छन् ।

संघिय सरकारले कार्यविधी निर्माण गरि व्यक्तिगत रुपमा राहत तथा अन्य सामाग्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले चैत्र १८ गते सार्वजनिक रुपमा अपिल गर्दै व्यक्तिगत रुपमा राहत तथा अन्य सामग्री वितरण नगर्न र कसैले दिन चाहेमा स्थानिय सरकारसंग समन्वय गर्न निर्देशन समेत दिएको छ ।

राहत तथा अन्य सामग्री सरकारी संयन्त्र मार्फत मात्रै वितरण गर्नुपर्ने भनिएपनि नगरप्रमुख बाटै यसको उलंघन हुनु गतल भएको परशुराम नगरपालिका वडा नं. ८ का अध्यक्ष गोविन्द बोहराको भनाइ छ ।

वडा नम्बर ७ का अध्यक्ष केशव बोहरा भने नगरप्रमुखले राहात वितरणमा समेत राजनीति गरेको बताउँछन् । ‘बरु केही युवा साथीहरुले वडा कार्यालयलाई केही सामाग्री हस्तान्तरण गरेछन्, हामी त्यसको लगत राखेर यहाँको क्वारेन्टाईनमा भएका व्यक्तिहरुलाई उपलब्ध गराएका छौँ,’ वडाध्यक्ष बोहोराले भने ।

नगर प्रमुख साउदले भने आफ्नो व्यक्तिगत खर्चबाट वडाहरुमा मास्क वितरण गरेको बताउँछन् । ‘मास्कहरु कार्यकर्तालाई मात्र दिनुस भनेको छैन्,’ नगरप्रमुख साउँदले भने ‘पार्टीका साथीहरुले केहीदिन अगाडिदखि नै लगेर वितरण गरेका हुन् । अहिले त्यसो छैन ।’

साउँद नेपाली कांग्रेसबाट परशुराम नगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ५ : ५१ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्