असईदेखि आइजीसम्मको तलब राहत कोषमा | Khabarhub Khabarhub

असईदेखि आइजीसम्मको तलब राहत कोषमा


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असई)देखि प्रहरी महानिरीक्षक (आइजी) सम्मको तलब काटेर सरकारले स्थापन गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

कोषमा रकम जम्मा गर्न भन्दै प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखाले पत्राचार गरेको हो। असईको तीन दिनको तलब २ हजार ६ सय ५८ रुपैयाँ, सईको तीन दिनको तलब २ हजार ८ सय २० रुपैयाँ, प्रहरी निरीक्षकको ५ दिनको तलव ६ हजार रुपैयाँ कटौती गरी अब कोषमा जम्मा गरिनेछ।

यसैगरी, डिएसपीको ५ दिनको ६ हजार ७ सय ३०, एसपीको ५ दिनको ७ हजार २ सय ४५, एसएसपीको ७ दिनको ११ हजार ५३, डिआइजीको ७ दिनको ११ हजार ९ सय, एआइजीको ७ दिनको १४ हजार १ सय ६१ र आइजीको ७ दिनको १४ हजार १ सय ६१ रुपैयाँ तलब कट्टा गरेर वाणिज्य बैंकको खातामा जम्मा गर्न पत्राचार गरिएको हो। उक्त रकम बैशाख महिनाको तलवबाट कट्टा गरिने जानकारी दिइएको छ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ९ : ०० बजे

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज