असईदेखि आइजीसम्मको तलब राहत कोषमा « Khabarhub

असईदेखि आइजीसम्मको तलब राहत कोषमा


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असई)देखि प्रहरी महानिरीक्षक (आइजी) सम्मको तलब काटेर सरकारले स्थापन गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

कोषमा रकम जम्मा गर्न भन्दै प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखाले पत्राचार गरेको हो। असईको तीन दिनको तलब २ हजार ६ सय ५८ रुपैयाँ, सईको तीन दिनको तलब २ हजार ८ सय २० रुपैयाँ, प्रहरी निरीक्षकको ५ दिनको तलव ६ हजार रुपैयाँ कटौती गरी अब कोषमा जम्मा गरिनेछ।

यसैगरी, डिएसपीको ५ दिनको ६ हजार ७ सय ३०, एसपीको ५ दिनको ७ हजार २ सय ४५, एसएसपीको ७ दिनको ११ हजार ५३, डिआइजीको ७ दिनको ११ हजार ९ सय, एआइजीको ७ दिनको १४ हजार १ सय ६१ र आइजीको ७ दिनको १४ हजार १ सय ६१ रुपैयाँ तलब कट्टा गरेर वाणिज्य बैंकको खातामा जम्मा गर्न पत्राचार गरिएको हो। उक्त रकम बैशाख महिनाको तलवबाट कट्टा गरिने जानकारी दिइएको छ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ९ : ०० बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका