कोरोना भाइरसः स्पेनमा एकैदिन ७४७ जनाको मृत्य | Khabarhub Khabarhub

कोरोना भाइरसः स्पेनमा एकैदिन ७४७ जनाको मृत्य


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ७४७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १४ हजार ७९२ पुगेको छ ।

स्पेनमा एकैदिन ६ हजार २७८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४८ हजार २२० पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ४८ हजार २१ जना उपचारपछि निको भएका छन् । ७ हजार ६९ जनाको अवस्था गम्भीर रहेको छ भने ८५ हजार ४०७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८८ हजार ४०३ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १५ लाख १३ हजार २४५ भन्दा बढी छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ६ : २४ बजे

कुशेऔंसी, गोकर्णेश्वर र दुई किंवदन्ती

द्वैत, अद्भुत या द्वेताद्वेत अनेक दार्शनिक तर्क-वितर्कहरूमा लागेका उहिलेका शैव-मतका

बाँकेमा ८५ किलोमिटर सडक निर्माण

नेपालगञ्ज– बाँकेमा करिब ८५ किलोमिटर विभिन्न प्रकारका सडक र नाला

भियतनामका उपराष्ट्रपति सुआन नेपालमा

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको

नेपालको लिपुलेकमा आँखा, तर आठ क्षेत्रमा भिड्दै भारत-चीन

काठमाडौं– चीनका विदेशमन्त्री वाङ यीले भारत भ्रमणका क्रममा नेपालको भूमि

सन्तानले असल संस्कार नपाउँदा वृद्धाश्रमको बास !

काठमाडौं– काठमाडौं नक्सालका ७२ वर्षीय मंगलदास महर्जन ‘बुवाको मुख हेर्ने’